विराटनगर । प्याब्सन प्रेसिडेन्ट कप यू – १५ फुटबल प्रतियोगितामा मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोडिङ स्कुल छनौट भएको छ । नगर स्तरीय छनोट चरणमा बालदेवदुत बोर्डिङ स्कुललाई पेलान्टी सुटआउटमा २–१ गोलले हराउँदै सनरे बोर्डिङ स्कुल जिल्ला स्तरीय प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबलमा छनोट भएको हो ।
प्याब्सन मोरङले माघ २६ गतेदेखि विराटनगरमा सुरु हुने १३ औं प्याब्सन स्पोर्ट्स मिटमा खेल्न पाउने भएको छ । उक्त प्रतियोगितामा मोरङको १७ वटै स्थानीय तहबाट छनोट भएका विद्यालयहरुबीच प्रतिस्पर्धा हुनेछ । छनोट चरणमा रंगेली नगरपालिका भित्रका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । बिजेता हुने खेलाडीहरुलाई प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल र नगर प्याब्सन अध्यक्ष सूर्य प्रसाद गौतमले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।
विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो । विराटनगर महानगरपालिका–...
विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले सप्ताहव्यापी कार्यक्रम सकिएको छ । जुलाई १ देखि ७ गतेसम्म विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गरी लायन्स हेल्थ प्रोफेसनलले सप्ताहव्यापी कार्यक्रम गरेको हो । डा. सुनिल रेग्मीले आफ्नो...
विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा...
विराटनगर । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले शनिबार एक विशेष कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत र स्नातक विद्यार्थीलाई बिदाई गरेको छ ।२०६६ सालमा स्थापना भएको यस कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत...
काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...
विराटनगर, २७ जेठ । प्रदेश १ मा दलित समुदायको अधिकार सूनिश्चीतताका लागि ऐन बन्ने भएको छ । प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति...
विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको...
रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा...