आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

 न्यूज विराट
आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष प्राविधिकहरूको टिम कलेजमा ल्याएर आइटिको क्षेत्रमा विद्यार्थीहरूलाई रोजगारमुखी ज्ञान हासिल गराएर प्राविधिकको क्षेत्रमा पनि कलेज अब्बल साबित हुन लागि परेको हो ।

त्यसको लागि कलेजले कक्षा १२ मा कम्प्युटर साइन्स लिएर अध्ययन गर्दै आएका चार सय बढी विद्यार्थीहरूलाई एक हप्ताको कार्यशालामा सहभागी गराएको छ । कार्यशालाको औपचारिक समापन शनिवार विराटनगरस्थित सिटी प्यालेसमा भव्य कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कार्यशालामा विद्यार्थीहरूले सफ्टवेयर बनाउने देखि वेबसाइट डिजाइन गर्ने, साइबरमा आउने टेक्निकल समस्याहरू, ह्याकिङ कसरी कन्ट्रोल गर्ने त्यसबारेमा जानकारी लिएका छन् । ‘ह्याकिङ भए कसरी हटाउनेदेखि टेक्निकल विषयमा झन्डै एक हप्ताको जानकारी कार्यशालामा लिएका छन् । अहिले विद्यार्थीहरु आफैले पनि वेबसाइट डिजाइन गर्न थालेका छन् ।

कार्यशालामा विद्यार्थीहरु उत्साहजनक सहभागिता रह्यो,’ कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले भने, ‘कार्यशालामा सिकेको ज्ञान विद्यार्थीहरूले समूहगत रूपमा प्रस्तुति पनि गरेका थिए । शिक्षा दीपले पहिलो पटक यति ठुलो सङ्ख्यामा प्राविधिकहरू विराटनगरमा ल्याएर विद्यार्थीलाई कार्यशालामा सहभागी गराएको हो । ‘

काठमाण्डौमा ठुला आइटी कम्पनीका सिइओहरु आएर विद्यार्थीहरूलाई प्राविधिक ज्ञान हासिल गराएका छन् । कार्यशालामा यति एयरलाइन्सको सिइओ सुवास सापकोटा, एक्स्पायर कलेजका सिइओ लक्ष्मण पोखरेल, चिफ बिजनेस अफिसर असिस प्रसाईँ, टेक्निकल इन्टर पिनर सुरज राज पाण्डे, एजुकेटिभ डाइरेक्टर जीवन निरौलासहित शिक्षादीप कलेजका तीन जना कम्प्युटरका शिक्षकहरू मनिष निरौला, मेघराज कट्टेल र राजेश कुमार दासले विद्यार्थीहरूलाई प्रशिक्षण गराएका थिए । कलेजको कम्प्युटर ल्याब पनि विद्यार्थीहरूको लागि सुविधा सम्पन्न रहेको छ ।

‘एकै पटक ५० भन्दा बढी विद्यार्थी बसेर प्रयोगशालामा काम गर्न सक्ने बात वरण रहेको छ,’ कलेजका प्राध्यापक रामचन्द्र अधिकारीले भने, ‘जहाँ विद्यार्थीहरूले निर्धक्क भएर सिक्न पाउनेछन् ।’ कलेजका प्रिन्सिपल खड्काले अहिलेको आवश्यकता प्राविधिक क्षेत्रको भएकाले विश्वमा बिक्ने शिक्षामा शिक्षा दीपले जोड दिएको बताए । ‘अहिले विश्वमा आइटिको अवसर छ । आइटी सेक्टर अहिलेको आवश्यकता हो । त्यसैले विद्यार्थीहरूलाई आइटिको ज्ञान दिन हामी लागि परेको हो । आइटीमा विद्यार्थीहरु दक्ष भए स्वरोजगार बन्नेछन् । त्यसैले कक्षा ११ देखि आइटिको कक्षा मात्र सञ्चालन गरेर काठमाण्डौबाट दक्ष प्रशिक्षकहरू ल्याएर कार्यशाला गराएको हो,’ प्रिन्सिपल खड्काले भने, ‘काठमाण्डौको प्रतिष्ठित आइटी कम्पनी कोड हिमालयको सहकार्य गरेर कार्यशाला गराएको हो ।’

विज्ञान र इन्जिनियरिङपछि आइटिको क्षेत्रमा पनि अब्बल कलेजको रूपमा शिक्षा दीपलाई चिरपरिचित गराउन लागि परेको उनले बताए । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरणको कारणले शिक्षा दीप कलेज मेडिकल र इन्जिनियरिङमा नाम निकाल्न अग्रणी स्थानमा आउने गरेको छ । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको सङ्ख्या यस कलेजबाट बढ्दो क्रममा रहेको छ । मेडिकल र इन्जिनियरिङपछि अब आइटिको क्षेत्रमा पनि विद्यार्थीहरूलाई रोजगारमुखी शिक्षा दिएर अगाडी बढ्ने योजना रहेको प्रिन्सिपल खड्काले बताए ।

सम्बन्धित समाचार

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...

महेन्द्र मोरङको स्वीय निर्वाचनमा अखिल क्रान्तिकारी एक्लै भिड्दै

विराटनगर । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धा गर्दैछ । स्ववियू सभापतिमा रोहित यादव, सचिवमा आयुद अछामी र कोषाध्यक्षमा राजिव यादव उम्मेदवार दिएका छन् ।सदस्यहरूमा गौतम मण्डल,...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

विराटनगर, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई...

कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

विराटनगर, वैशाख १७–प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा...

ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्