हिसान स्पोर्टस् मिट सुरू, उद्घाटनमा आधा दर्जन कलेज विजयी
बुधबार, १० माघ, २०८०,
न्यूज विराट
विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।
विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा शिक्षादीप र अर्किड कलेज विजयी भएकोछ । पहिलो खेलमा अर्किडले नेशलन कलेजलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई १ सय ८ रन जोडेको थियो । जसमा सन्तोष चौधरीले ४४ रन जोड्दा राजाबाबु कामतले २० रन जोडे । नेशनलका लवन रिजालले २ विकेट लिए ।
१ सय ९ रनको चुनौती पाएको नेशनलले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो । जस्मा महमद हाज्रतले सर्वाधिक ११ रन बनाए । अर्किडका म्यान आफ द म्याच अरुण कामतले सर्वाधिक ४ विकेट लिए ।
दोस्रो खेलमा शिक्षादीपले लर्डबुद्ध कलेजलाई ८३ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई १ सय ४९ रनको विशाल योगफल खडा गरेको थियो । म्यान आफ द म्याच अमन अन्सारीले विस्फोटन ब्याटिङ गर्दै ५४ बलमा १ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । लर्डबुद्धका विनायक अन्सारीले ३ विकेट लिए ।
१ सय ५० रनको चुनौती पाएको लर्डबुद्धले निर्धारित ओभर सवै विकेट गुमाई ६६ रनमा सिमित भयो । जस्मा सुमित साहले सर्वाधिक ३९ रन बनाए । शिक्षादीपका सुजन बस्नेत सर्वाधिक ४ विकेट लिए । त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी भएका छन् । पहिलो खेलमा पथरीको रेड स्टारले विराटनगरको लर्डबुद्ध कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ को गोलले हरायो । निर्धारित समयमा दुवै टिमले गोल रिहत बराबरीमा खेल खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ द म्याच रेड स्टारका गोलकिपर समिर विष्ट घोषित भए । दोसा्रे खेलमा बुढीगंगाको जेभियर्स स्कुलले शिक्षा सदनलाई वाक ओभरका आधारमा पारजित गरेको छ । निर्धारित समयसम्ममा शिक्षा सदन मैदानमा नआएपछि रेफ्रिले जेभियर्सलाई वाक ओभरमा विजयी घोषित गरेका हुन् । तेस्रो खेलमा विराटनगरका अरनिको कलेजले नेता चोकको पशुपति स्कूललाई ३–१ को गोल अन्तरले पराजित गरेको छ । अरनिको जितमा म्यान अफ द म्याच हिमेश पौडेलले २ गोल र सुरज कार्कीले १ गोल गरे भने पशुपतिका सुरज राईले १ गोल फर्काए । चौथो खेलमा मेरिल्याण्ड कलेजले सेन्टजेसेफ स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । मेरिल्याण्डको जितमा म्यान आफ द म्याच तैम्बा तामाङ र श्रृयन्द्र ठकुरीले १–१ गोल गरे भने सेन्टजोसेफका मालन पोखरेलले १ गोल गरे माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागि छ ।
काठमाडौं, २५ वैशाख-कोरोना भाइरस (कोभिड १९) रोकथामको अग्रभागमा खटिएकाहरुको हौसलाका लागि स्वास्थ्य सेवा विभागले दीप प्रज्वलन गरेको छ । बिहीबार साँझ बुद्ध जयन्तीको अवसरमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको उपस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसलाका लागि दीप प्रज्वलन...
काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...
विराटनगर । सुनवर्षी नगरपालिका–३ स्थित बभनाडोभ कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार अध्यक्ष लक्ष्मण बुढाथोकीको अध्यक्षतामा र सुनवर्षी नगरपालिका सहकारी विकास शाखा प्रमुख युवराज कोइरालाको प्रमुख आतिथ्यमा आठौं वार्षिक साधारण...
काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उक्त संख्यामा संक्रमितको ज्यान गएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३...
विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।यद्यपि...
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...
विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक...