कोशीको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित

 न्यूज विराट
कोशीको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् ।

गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा बिहान १० बजे बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३: ० बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेदवारी दिएका थिए ।

दिउँसो ३ : ३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका प्रदीप भण्डारी पूरा कार्यकाल सभामुख बनेका थिए । प्रदेशको अहिलेको कार्यकालमा माओवादीका बाबुराम गौतम सभामुख बनेका थिए । गएको साउन १६ मा तत्कालीन सभामुख गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पदबाट राजीनामा दिएपछि प्रदेशको सभामुख पद खाली थियो ।
पाँच महिनादेखि रिक्त प्रदेशको सभामुख पदमा चयन भएको हो ।

सम्बन्धित समाचार

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको भदौ १६ गते शनिबार हुने भनिएको फाइनल सरेको छ । उक्त प्रतियोगिताको फाइनल अर्को शनिबार हुने आयोजकले जनाएको छ । भदौ १६ गते हुने भनिएको फाइनल...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

सर्लाहीमा भारतीय नागरिकद्वारा सशस्त्रको हतियार खोस्ने प्रयास

सर्लाही, १८ जेठ-सर्लाहीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहले सशस्त्र प्रहरी बलको टोलीलाई हुलहुज्जत गरी हतियारसमेत खोस्ने प्रयास गरेको छ । जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा इलाका बीओपी सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको...

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

मोरङ र सुनसरीबाट माछाको तस्करी मौलायो, यी नाकाबाट खुलेआम भित्रिन्छ प्रतिबन्धित ‘मागुर’ माछा 

विराटनगर । मोरङ र सुनसरीको खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले नेपाल आयतमा प्रतिबन्ध लगाएको ‘मागुर’ र अन्य विभिन्न प्रजातिका माछाको तस्करी बढेर गएको पाइएको छ ।  राज्यले करिब दुई वर्ष अगाडी प्रतिबन्ध लगाएको मागुर (मुर्गी...

गुजरातको रासायनिक कारखानामा विस्फोट

भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा...

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं, १२ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्