प्रदेशमा बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासनमा कुनै सम्झौता गर्दिन: मुख्यमन्त्री कार्की

 न्यूज विराट
प्रदेशमा बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासनमा कुनै सम्झौता गर्दिन: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएको बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा वित्तीय अनुशासन कायम गर्नका लागि आफूले ढुंगाको मुटु बनाएकोले यश विषयमा सबैलाई त्यही अनुसार काम गर्नुको विकल्प नरहेको बताएका हुन् ।

झऋण मुक्त गर्ने हिम्मतका साथ अहिले ऋणमा डुबेको प्रदेश सकारको नेतृत्व लिएको छु,ञ उनले भने, झवित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयमा निर्देशन दिएकोले यो विषयमा कसैले कुनै प्रश्न उठाएर कुनै किसिमको बहानाबाजी गर्ने छुट पाउँदैन ।ञ

प्रदेशमा देखिएको बेरूजु कसैले खाएर भागेको नभई बेवास्ता गरेर भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘नियम कानुन मानेर काम नगर्ने हो भने वित्तीय अनुशासन हुन्छ त रु,ञ उनले भने, झप्राप्त अधिकार उपयोग गरेर राज्य संरचना सञ्चालन हुन्छ, कोशी सरकारमा कसैलाई नाता सम्बन्ध, राजनीतिक नेतृत्वको दबाबमा परेर कुनै किसिमको नियम, कानून विपरित गलत काम गर्न मिल्दैन । ‘

बेरुजुको तथ्याङ्क मात्रै सार्वजनिक गरेर बस्यौँ भने जिम्मेवारी कसले लिन्छ त्यसैले सबै जना जिम्मेवारी निर्वाह गरेर बेरूजुलाई शून्यमा पुर्याउनै पर्ने मुख्यमन्तेरी कार्कीले बताएका छन् । झएक जना कर्मचारीले खर्च गरेर गएको योजनाको कागजात पुर्याउने जिम्मेवारी अर्का कर्मचारीले नलिएर बेरुजु बढेको हो । प्रदेश सरकारको बेरुजु बढ्यो भनेर मात्रै तथ्यांक देखाएर बदनाम गराउने काम मात्रै गर्न मिल्छ रु के के मा र के के कारणले बेरुजु भयो भनेर पनि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्नुपर्छ ।’

प्रदेश लेखा परीक्षक दामोदर खत्रीका अनुसार आन्तरिक लेखा परीक्षणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको १ अर्ब ६४ करोड ६३ लाख १२ हजार बेरुजु भएको तथ्यांक सार्वजनिक गरेका थिए । उनका अनुसार असुल गर्नु पर्ने बेरुजु २० प्रतिशत, नियमित गर्नुपर्ने बेरुजु ७२ प्रतिशत र यसमा पनि प्रमाण कागजात पेस गर्नुपर्ने ४६ प्रतिशत रहेको बताएका छन् ।

प्रदेश लेखा नियन्त्रक खत्रीले कोशी प्रदेशमा लेखा परीक्षक कार्यालय मातहत रहेको २२१ कर्मचारी दरबन्दीमा १२१ जना कार्यरत र ८० जनाको दरबन्दी रिक्त रहेको अवस्थामा काम गर्नु परेको बाध्यता सुनाएका हुन् । ‘बेरुजु जुन शाखाको काममा भएको छ त्यसले फर्छ्यौट गर्नुपर्ने हुन्छ, यहाँ त बेरुजु आएपछि लेखालाई मात्रे जिम्मेवार बनाइन्छ ।, उनले भने, झबेरूजु फर्छयौटमा जुनसुकै कार्यालयको सबै जिम्मेवार शाखाले आ(आफ्ना दायित्व निर्वाह गर्नुपर्छ ।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव खगेन्द्र खड्काले सरकारले खर्च गर्ने क्षमता वर्षेनी बढाइरहेको उल्लेख गरे । गत आर्थिक वर्षमा कोशीमा चालु र पूँजिगत तथा स्थानीय तहको अनुदान गरेर कुल बजेटको ८१।४५ प्रतिशत गत आर्थिक वर्षमा खर्च भएको उनले बताएका हुन् । झप्रदेशमा मन्त्रालयका सचिव तथा कर्मचारीहरूले बेरुजु हुने क्षेत्र औल्याउँदै फर्छ्यौट गरिरहेको र फर्छ्यौटका लागि महालेखापरीक्षकको कार्यालयले सहजीकरण गर्नुपर्छ,ञ उनले भने ।

बेरूजु फर्छ्यौटका लागि लेखापरीक्षणकै समयमा प्रमाण प्रस्तुतिमा सक्रियता कायम गर्नुपर्ने अवस्था रहेको महालेखा परीक्षक कार्यालयकी उपमहालेखा परीक्षक बिन्दु विष्टले बताइन् ।

कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्लेले कानून अनुसार काम गरेमा कुनै बेरुजु नआउने उल्लेख गर्दै भने, ‘कानुनको पालना, प्रक्रिया र कामको उद्देश्य पूरा भएको खण्डमा कुनै पनि बेरुजु आउने छैन ।’

सम्बन्धित समाचार

सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटि, बैंक ग्यारेन्टि राखेर मुरारका रिहा

विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् । रजास्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४०...

प्रदेश १ मा ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए

विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...

भगवती विद्या मन्दिरले १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर, १४ – विराटनगर १४ स्थित भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुल (BBM) ले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार एक भव्य समारोहबीच सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक,...

काठमाडौं र भक्तपुरका कोरोना संक्रमितमा लक्षण देखिएको छैन : अस्पताल

काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

कोरोना भाइरसबाट जोगिन ट्रम्पले खान थाले मलेरियाको औषधि

एजेन्सी, जेठ ६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसबाट जोगिनका लागि भन्दै हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न थालेका छन् । हालसम्म वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसका लागि प्रभावकारी नहुने र गम्भीर साइड इफेक्ट हुनसक्ने बताइरहेका बेला...

कतारमा समस्यामा परेका नेपाली फर्काउन नेपाल र हिमालय एयरलाइन्सका ३/३ उडान तय

काठमाडौं, ३१ असार-कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीका लागि कतारबाट नेपाल एयरलाइन्सका ३ तथा हिमालय एयरलाइन्सका ३ गरी ६ वटा उडानहरू तय भएका छन् ।  दुवै एयरलाइन्सका आगामी १७, १८...

पुराना घर नक्सा पास गर्ने बारे सूचना

  रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्