गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

 न्यूज विराट
गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु यादव रहेको मोरङ प्रहरीले जनाएको छ ।

झटियाई नयाँवस्ती स्थित खेतमा राखेको परालमा ४५ केजी अवैध गाँजा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको छ ।

यसैगरी प्रहरीले भारत तस्करी हुन लागेको गाँजा बरामद गरेको छ । मोरङ जिल्ला जहदा गाउँपालिलका १ पस्चिमबरीया टोल स्थित खेतमा राखेको परालको कुन्युमा परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको हो ।

सम्बन्धित समाचार

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अबको एक महिनाभित्रै संघीय निजामती ऐन संसदमा पेश हुने बताएका छन् ।मोरङको बेलबारीमा मंगलबार लोहन्द्र खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा बोल्दै मोदीले उक्त कुरा बताएका...

विराटनगरस्थित मेघा बैंकका एक कर्मचारीमा कोरोना

विराटनगर, साउन २७–विराटनगरस्थिथ मेघा बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको बैैंकले जनाएको छ । बैंकका अनुसार संक्रमित विराटनगर–११ निवासी हुन् ।

तिजमा संगिनी प्रतियोगिता

विराटनगर । हरितालिका तिजको अवसरमा सोलुखुम्बुको नेचासल्यान गाउपालिका– २ को नवज्योती महिला समूहले आयोजना गरेको खुल्ला संगिनी नृत्य प्रतियोगितामा वीपी संस्कृत मावि समूह प्रथम भएको छ । सो समूहमा नृत्यतर्फ नानीमैया आचार्य,पुषणा निरौला,रमिला कार्की र...

६ कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द (सूचनासहित)

विराटनगर, २ माघ । एकैपटक ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द भएको छ । विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको र अन्य कर्मचारीहरुमा...

ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागि रहने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना – नेपाल ईसीडी इकोसिस्टम विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वविद्यालयले विराटनगरमा बिहीबार पत्रकार सम्मलेन गरी मंसिर २१...

भरतपुरमा कुनै तर्कमा होइन, साथीहरू उत्तेजनामा बागी उठ्नुभयो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेल कुनै तर्कमा आधारित नभएर उत्तेजनामा बागी उठेको बताएका छन् । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘मैले जगन्नाथजीसँग कुरा...

चीनका राष्ट्रपति सीद्वारा सेनालाई युद्धको तयारी गर्न निर्देशन

एजेन्सी, जेठ १४-चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्