गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

 न्यूज विराट
गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ ।

मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्राधानाङ्गलाई मंगलबार सम्मान गरिएको हो ।

भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा बिष्टले ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी थिइन् । हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा उनले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन् ।
उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाइन् । उनी च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भइन् ।
नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलका रूपमा समेत मान्यता नदिएको भन्दै स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेलसम्वद्ध सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पदक भित्र्याइरहेका छन् ।
दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस(आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तरगत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगितामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।
दिपा र कविर भगतलाई जिल्ला मोरङ स्टे«न्थलिसफ्टिङ संघ मोरङका अध्यक्ष नवनित राज प्रधानले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सम्बन्धित समाचार

यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ता सक्षम हुन आवश्यक रहेको बताएका छन् । आज विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरू भएको घोषणाका सन्दर्भमा बोल्दै उनले आगामी पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी...

मोरङको डंग्राहामा एक युवा ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण...

एमालेका चार नेतालाई पठाइयो स्पष्टिकरण पत्र, दुई नेताको भागाभाग

काठमाडौं, चैत्र ९-नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई आज स्पष्टिकरण पत्र बुझाएको हो । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी...

विराटनगरमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ५१ संक्रमित थपिए

विराटनगर, २६ पुस । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्र ५१ ज्नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा...

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

विराटनगर, भदौ १० । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीमा आजै नियुक्त हुनुभएका एमाले नेता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार...

उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड-१९ क्लिनिक

सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई...

थारु कल्याणकारिणीमा विवाद, ‘विश्वास नेतृत्वको समूहले गरेको काम मान्य हुदैन’ : अध्यक्ष थारु

विराटनगर । थारु कल्याणकारिणी सभाको केन्द्रीय कमिटिको नीति निर्देशन बेगार एकपक्षीय तरिकाले गरेको निर्वाचनमाबाट निर्वाचित भएको कार्यसमितिले मान्यता नपाउने बताएका छन् । केन्द्रीय कार्यालयको पत्रको अवज्ञा गर्दै निलम्बित निर्वाचन अधिकृतले गरेको निर्वाचनबाट निर्वाचित भएका प्रदिप...

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्