मोरङ व्यापार संघ एक्स्पोमा उपभोक्ताको भिड

 न्यूज विराट
मोरङ व्यापार संघ एक्स्पोमा उपभोक्ताको भिड

विराटनगर । विराटनगरमा जारी ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ मा उपभोक्तामा भिड लागेको छ । एक्स्पोमा नवौँ दिन शनिबार उपभोक्ताको भिड लागेको हो ।

१६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भीड निरन्तर बढ्दै गइरहेको छ । एक्स्पोमा २२० स्टल छन् । प्रत्येक स्टलमा उपभोक्ताको भीड लागेको छ ।

एक्स्पोमा रहेका विभिन्न खानाका स्टलमा समेत अवलोकनकर्ताको बाक्लो भीड थियो । जर्मन प्रविधिद्वारा निर्मित ह्याङ्गरका स्टलमा भीडका कारण हिड्नपनि कठिन भएको थियो । खाद्यान्न, भान्सामा प्रयोग हुने सामग्री, प्लाष्टिकका सामान, हस्तकला, चियापत्ती, फलफुलका जुस एवं स्क्वास, कार्पेट, पाइप, मरमसाला, गाडी, ट्युब टायर र गार्मेन्ट्सका स्टलमा उपभोक्ताको चासो देखियो । भारत, पाकिस्तान र बङ्गलादेशका स्टलमा पनि उपभोक्ताको भिड लागेको छ ।

एक्स्पोमा कन्यामदेखि ल्याइएका घोडामा चढेर घुम्न अवलोकन गर्ने सर्वसधारण पनि बढेका छन् । एक्स्पोमा ५५ फिटको आइफिल टावर थप आकर्षण भएको छ । टावरको छेउमा बसेर फोटो खिच्ने उपभोक्ताको भिड लागेको छ।

एक्सपेमा शनिबार गायिका अस्मिता अधिकारी, गायक राजनराज सुवेदी र कुटुम्ब बैण्डले आफ्नो प्रस्तुतिबाट सहभागिहरुलाई भरपुर मनोञ्जन दिए । आज साझमा गायक वाङ्गदेन शेर्पा, डीजे तामा, समर्पण लामा र आशिष अविरलको प्रस्तुती रहनेछ ।
संघका अध्यक्ष नविन रिजालले आर्थिक क्षेत्र चलायमानका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा आर्थिक संकटको अवस्था रहेको र यस्तो विषम परिस्थितिमा एक्स्पो संचालन चानचुने नभएको बताए । अध्यक्ष रिजालले एक्स्पोमा उपभोक्ताको अत्याधिक भीडले विराटनगरमा प्रदशनस्थ

ल आवश्यक रहेको भन्ने प्रमाणित गरिदिएको बताए ।

सम्बन्धित समाचार

काेराेनाकाे असर : भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

काठमाडौं, ७ माघ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले यसअघि तय गरेको २९ माघको पूर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।...

विराटनगर ८ मा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु

विराटनगर । प्रकोपको रुपमा डेङ्गी रोग फैलिन थालेपछि विराटनगर महानगरपालिकाले रोग लाग्न नदिन सावधानी अपनाउन थालेको छ । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज...

ओलीलाई भेटेर फर्केका भीम रावलसहितका नेताहरू माधव नेपालसँग छलफलमा

एमालेको स्थायी कमिटी बैठक स्थगित गरी कार्यदलको १०बुँदे सहमति अनुसार अगाडि बढ्न गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू कोटेश्वर पुगेका छन् । नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,...

विराटनगरमा महायज्ञ मंगबलारदेखि सुरु हुने

विराटनगर । श्री शिव महापुराण ज्ञान महायज्ञ मंगलबारदेखि सुरु हुने भएको छ । श्री सिद्धेश्वर महादेव सेवा समिति विराटनगर ३ हलेसी टोलको आयोजनामा महायज्ञ सुरु हुने भएको हो ।फागुन ६ देखि १४ गतेसम्म संचालन हुने...

विराटनगरको जतुवामा दिनदहाडै तरवार प्रहार, दुई जना घाइते

विराटनगर । विराटनगर – १४ जतुवामा दिनदहाडै तरवार प्रहारबाट दुई जना घाइते भएका छन् । विराटनगर– १४ का पूर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा १० जनाको समूहले जग्गा विवादलाई लिएर तरवार प्रहार गर्दा ४० वर्षीया सन्तलाल...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

देशभर थपिए ४४९९ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित

काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्