नोवेलमा बालबालिकाको कार्डियोलोजी सेवा सुरु, ५ वर्षीय बालकको शल्यक्रिया नगरी उपचार
बुधबार, ११ पुष, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादवको नेतृत्वमा कार्डियोलोजि सेवा सुरु भएको हो ।
केही दिन अगाडि कमल गाँउपालिका ५, झापाका ५ बर्षिय आहान माझीको जन्मजात मुटुको समस्याको विना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिए पछि झापाकै एउटा अस्पतालबाट उनलाई नोवेल पठाइएको थियो । नोवेलमा जाँचको क्रममा उनको मुटुको महाधमनी र फोक्सो तिर जाने नशा जोडिएको देखिएको थियो । डा. यादव नेतृत्वको चिकित्सा टोलीले उनको विना शल्यक्रिया नशाबाट छाता जस्तो सामाग्री पठाएर उक्त नशा टालेको थियो ।
के हो पी. डी. ए. ? डा. प्रतिमाका अनुसार यो एक जन्म जात मुटुको समस्या हो । गर्भमा हुँदा शिशुको मुटुमा रहेको महाधमनी र फोक्सो तिर गएको रगतको नशा बीच एउटा रगतको नशा जोडिएको हुन्छ । यो नशा शिशु आमाको पेटमा रहदा नभई नहुने नशा हो तर शिशुको जन्म भएको ७२ देखि ९० घण्टा भित्र त्यो नशा आफै बन्द हुने गर्दछ । त्यो समय सम्म पनि बन्द नभएको खण्डमा १ देखी ३ महिना सम्म लाग्न सक्छ । तर त्यो समय सम्म पनि नशा बन्द नभएमा त्यसले शिशुमा रुघामार्गी लागि रहने, निमोनिया हुने, स्तन पान गर्न नसक्ने, स्वास प्रस्वासमा समस्या आउने, खाना खाँदा निधारमा पसिना आउने, खेलकुद गर्दा अन्य स्वस्थ बालबच्चा भन्दा बढी थाक्ने वा खेलकुद गर्न नसक्ने, उमेर अनुसारको तौल नबढ्ने लक्षणहरु देखा पर्दछ । यो समस्याको उपचार नगरिएमा फोक्सोमा रक्तप्रवाहमा दवाव बढ्दै जाने हुन्छ । मुटुको कार्य प्रणालीमा नै असर पर्न जान्छ ।
पी. डी. ए. को उपचार के हो ? पी. डी. ए. को उपचारको सम्बन्धमा डा. प्रतिमाले दिएको जानकारी अनुसार यो समस्याको दुई प्रकारको उपचार हुन्छ । एउटा शल्यक्रिया र अर्को विना शल्यक्रिया गरिने डिभाईस क्लोजर । शल्यक्रिया गर्दा जोखिम बढी हुने, अस्पताल बसाई धेरै लाग्ने, शरिरमा शल्यक्रियाको खत बस्ने हुन्छ भने नशाबाट छाता जस्तो सामाग्री पठाई नशा टाल्ने प्रविधि पी. डी. ए. डिभाइस क्लोजर भरपर्दो र कम खर्चिलो हुन्छ । डा. प्रतिमाका अनुसार विरामीलाई ६ देखि ८ घण्टा भोको राखेर दाहिने वा देब्रे तिघ्राको नशाबाट क्याथेटरको सहायताले छाता जस्तो सामाग्री पठाएर नशा टाल्ने गरिन्छ । यसरी टालिए पछि मुटुको चार वटा कोठाहरु आफ्नो सामान्य आकारमा आउने मुटुको कार्य सामान्य गतिमा हुन थाल्छ । यो प्रविधिबाट मुटुको धमनीको नशा टालेको भोली पल्ट विरामीलाई डिस्चार्ज गर्न मिल्ने भएकोले विरामी र विरामीको कुरुवालाई सहज हुन्छ । यो प्रविधी अहिले सम्म काठमाडौंमा मात्र रहेको र उपत्यका बाहिर पूर्वी नेपालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको डा. प्रतिमाले जानकारी दिईन् ।
कार्डियोलोजि विभागमा उपलव्ध उपकरणहरु र अनुभवी जनशक्तिको कारण आकस्मिक सेवा, दैनिक ओपिडि र भर्ना गरी उपचार गर्ने विरामीको संख्या उल्लेख्य मात्रामा हुने गरेको छ ।
विराटनगर । नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने भएका छन् । प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६...
विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन...
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...
विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...
विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका...
इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिताको फाइनलमा १० जना छनौट भएका छन् । स्कुल परिसरमा बुधबार भएको छनौट चरणमा सहभागि भएका ७८ जनाबाट १० जना विद्यार्थी फाइनलमा छनौट भएका हुन् । प्रतियोगिताको फाइनल...
विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै विराटनगरमा तस्करीको मटर भण्डारण गर्ने र पूर्वी सहरमा पढाउने गरेको पाइएको छ । क्यारिङ मार्फत तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पढाउने गरेको पाइएको हो । सशस्त्र प्रहरी...