आर्या न्यूरोमा निःशुल्क ओपीडि, विरामीलाई राहत

 न्यूज विराट
आर्या न्यूरोमा निःशुल्क ओपीडि, विरामीलाई राहत

विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो ।
अस्पतालले मष्तिक, मेरुदण्ड तथा नसारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले ओपीडि निःशुल्क सेवा दिदै आएका छन् ।
स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका आर्थिक रुपमा विपन्न समुदायहरुलाई लक्षित गरेर आर्या अस्पतालले निःशुल्क विशेषज्ञ ओपीडी सेवा सुरु गरेको जानकारी दिएको छ ।
आर्थिक अवस्था कमजोर भएका विरामीले पनि स्वास्थ्य उपचार पाउने हेतुले निःशुल्क गरिएको हो । ‘प्रराम्भिक स्वास्थ्य जाँचबाट रोगको बारेमा थाहा हुने हो,’ न्यूरो सर्जन डा. नेपालले भने, ‘अहले ओपीडिमा २५ देखि ३० जनासम्म विरामी हेर्दै आएको छु ।’
हस्पिटल स्थापनादेखि ओपीडि सेवा निःशुल्क गर्दा हजारौ विरामीले ओपीडिमा निःशुल्क सेवा लिएका छन् ।
आर्या न्यूरोमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जनरल फिजिसियनलगायतको ओपीडी सेवा पनि रहेको छ ।

सम्बन्धित समाचार

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

बाबा उद्योगमा मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सानापुरमा रहेको बाबा उद्योगमा क्या रिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना सवारी चालक धरौटी रकम बुझाएर रिहा भएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद...

निम्न वर्गलाई राहत दिने गरी बजेट आयोः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् । संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रस्तुतपछि पत्रकारसँग कुरा गर्दै...

मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना

विराटनगर, २३ साउन–प्रदेश १ मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ । समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा शनिबार कार्यालयमा कार्यरत एक सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको...

प्रदेश १ पाँच हजार बढीको परीक्षण, ३० जनामा कोरोना पुष्टि

विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...

माधव समुहबारे निर्णय लिन एमालेले बालायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि डाकियो

काठमाडौं, साउन २१ । नेकपा एमालेले माधव नेपाल समुहको रणनीतिबारे स्पष्ट धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माधव समूहले पार्टीको लेटरप्याड दुरुपयोग गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेले स्थायी कमिटी...

प्रहरीका ७३ सइ प्रहरी निरीक्षकमा बढुवा

काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...

नयाँ पार्टी दर्ता गर्न राजपा र समाजवादीका नेता निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्