विराटनगर । मोरङको कटहरी गाउँपालिकामा कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा ल्याईएको छ । गाउँपालिका नजिकैको शहिदचोकमा संघको कार्यालय संचालनमा आएको हो ।
सो ठाउँमा आयोजित कार्यक्रमकाबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले संघको कार्यालय कोठाको उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले कटहरी गाउँपालिकामा उल्लेख्य संख्याका उद्योगहरु संचालनमा रहनुका साथै विभिन्न ब्यवसायिक प्रतिष्ठानहरु समेत रहेको बताए । विधिवतरुपमा संघको कार्यालय संचालनमा ल्याइएकाले कटहरी क्षेत्रका उद्योगि ब्यवसायिले संघबाट विभिन्न प्रकारका सहजिकरणको सेवा प्राप्त गर्नसक्ने विश्वास ब्यक्त गरे । अध्यक्ष चौधरीले संघलाई संरक्षण सम्बर्धन गर्न गाउँपालिकाले भुमिका खेल्ने आश्वासन समेत दिए ।
कटहरी उद्योग वाणिज्य संघका अध्यक्ष अरबिन्दकुमार शर्माले ४ बर्ष अघि नै कटहरी वाणिज्य संघको स्थापना गरिएको भएपनि २०८० साउनमा विधिवत दर्ता गरिएको जानकारी दिए । उनले संचालनमा ल्याईएको संघको कार्यालयले शुरुआति समयमा कर परामर्श सेवा संचालन गर्नुका साथै नापतौल कार्यालयको डोर बोलाएर कार्यालयमै ढकतराजुको नापजाँचको ब्यवस्था गर्ने बताए । उनले कटहरी उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अभिभावकत्व ग्रहण गरिसकेको जानकारी समेत गराए ।
आउँदो ४ बर्षको कार्यकालमा संघको आफ्नै भवन स्थापना गर्नेगरि अघि बढिरहेको उनले बताए । कटहरी उद्योग वाणिज्य संघको ११ जना पदाधिकारीहरुमा महासचिवमा मदन साह,सचिवमा ओमप्रकाश अग्रवाल र कोषाध्यक्षमा राजेश जैसानी हरेका छन् । यस्तै सदस्यहरुमा महेश मुखिया,नारायण अग्रवाल,नुनुलाल कामत,गया कोईराला,विमल अग्रवाल,आनन्द साह र मुकेश सिंह रहेका छन् । कटहरीको सो संघमा हाल एकसय उद्योगि ब्यवसायि आबद्ध रहेको जनाएको छ ।
काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट...
विराटनगर । धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा तारीलाल धिमाल चयन भएका छन् । मोरङको उर्लाबारी मंगलबरेमा आइतबार भएको धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाबाट अध्यक्षमा तारीलाल सर्वसम्मत चयन भएका हुन् । मोर्चाको वरिष्ठ उपाध्यक्षमा...
इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...
काठमाडौं, ३ जेठ-कार्यव्यवस्था परामर्श समितिले जेठ ४ र ५ गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साभमुख अग्निप्रसाद...
विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।प्रतियोगिताको...
विराटनगर । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाउने भएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा...
विराटनगर, ११ साउन–इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ सय १० पुगेको छ । भदौ ७ गते गरिएको परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । इटहरी–६ का ४६...
एजेन्सी, बैशाख २२-कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटली, स्पेन र फ्रान्समा पछिल्लो २४ घन्टामा मृत्युदरमा भारी मात्रामा कमी आएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ इटलीमा १७४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।...