एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

 न्यूज विराट
एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ ।

शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित होटल सोल्टी वेस्टइन्डमा अभिमुखिकरण गराएको हो । बि.पि.एच. कार्यक्रममा २६ जना र बि.टेक.एड.आईटी कार्यक्रममा ३५ जना गरी ६१ जना विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रममा सहभागि भए ।
कलेजका अध्यक्ष बिकास अधिकारीले एस्पायर कलेजले रोजगारमुखी शिक्षा प्रदान गरी एक नमुना कलेज बन्ने बताए । विद्यार्थीको भाग्य र भविष्यप्रती केही कसर बाँकी नराख्ने उनले बताए । कलेजमा अध्ययनरत बि.पि.एच.का विद्यार्थी आफ्नो अध्ययनको दास्रो सेमेष्टरबाटनै विभिन्न पाँच तारे होटलमा ईटर्नसिप पाएझैं आई. टी. कार्यक्रम अध्ययनरत विद्यार्थीका लागि पनि रोजगारको अवसर हुने उनले बताए । निकट भविष्यमा आई.टी कम्पनी खोल्ने अध्यक्ष अधिकारीले घोषणा गरे ।
स्थापना भएको दुई वर्षमात्र भएको भएता पनि कलेजका संचालक एवं कार्यक्रम संयोजकहरुको शिक्षा क्षेत्रमा लामो अनुभव भएको हुनाले एस्पायर कलेजले राम्रो प्रगती गरेको कलेजका प्रिन्सिपल सि.एम. बस्नेतले बताए ।


कार्यक्रममा नयाँ विद्यार्थीहरुलाई काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टका डीन प्रा.डा. विजय के.सी र स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बाल चन्द्र लुईटेलले ब्याच वितरण गरेर स्वागत गरे । कार्यक्रममा बोल्दै स्कुल अफ मेनेजमेण्टका डीन प्रा.डा. विजय के.सीले एस्पायर कलेजमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिए ।

कलेजका अध्यक्ष बिकास अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टका डीन प्रा.डा. विजय के.सी, स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बाल चन्द्र लुईटेल, मनमोहन टेक्निकल विश्वविद्यालयका ईन्जिनियरिङका डीन प्रा.डा. प्रचण्डमान प्रधान, काठमाण्डौं विश्वविद्यालय स्टिम एजुकेशनका प्रमुख बिनोद प्रसाद पन्त, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेनेजमेण्ट, अण्डर ग्राजुएट हस्पिटालिटी कार्यक्रमकी संयोजक आशा थापा मगर र ए.सि.इ.ए. का डाईरेक्टर ब्रजेश मिस्रको सहभागिता रहेको थियो ।
कलेजका डाईरेक्टर सुबास आचार्य, प्रतिक राउत, प्रत्युष राउत, अभिभावक, शिक्षक–शिक्षिका , तथा विद्यार्थीहरुको उपस्थिती थियो ।

सम्बन्धित समाचार

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको दिव्य ज्योती अस्पतालमा हालसम्म २५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।१५...

भैरव गणमा पाँच दिने हातेमालो कार्यक्रम

विराटनगर । मोरङको थलहास्थित श्री भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बद्ध निकायहरुसँग एक आपसमा जानकारी आदन प्रदान गर्ने उदेश्यले नेपाली सेनाको मोरङ स्थित...

प्रधानमन्त्रीको आक्रोश : भारतलाई सोध्नेवाला छु ‘सत्यमेव जयते कि सिंह’

काठमाडौं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि अतिक्रमणको विषयमा भारतसँग आक्रोश पोखेका छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतले आफ्नो मूल मर्मविपरीतको काम गरेको संकेत गरेका हुन् । भारतको निशान चिह्नले...

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिङ्‍गटन पोस्टको रिपोर्टअनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा...

टेकुमा कोरोना जाँच गर्नेको भीड बढ्यो

काठमाडौं, १ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।  लकडाउन खुकुलो र लुकिछिपी बाहिर जिल्लाबाट काठमाडौं आएपछि परीक्षण गर्नेको संख्या बढेको हो । बुधबार ५...

दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी, २५ असोज - दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्