सामाजि क्षेत्रमा सक्रिय युवा नेता गिरी, विराटनगरको मदरसामा सहयोग गर्ने प्रतिवद्धता

 न्यूज विराट
सामाजि क्षेत्रमा सक्रिय युवा नेता गिरी, विराटनगरको मदरसामा सहयोग गर्ने प्रतिवद्धता

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरी पछिल्लो समय सामाजि क्षेत्रमा सक्रिय भएर लागि परेका छन् । उनले आर्थिक विपन्न परिवारलाई जाडोको न्यायो कपडा बितरणदेखि उपचार नपाएर अस्पतालमा छटपटिरहेका विरामीको उपचार गरेर सामाजि कार्यमा सक्रिय भएर लागि परेका हुन् ।

केही दिन अगाडी गिरीले विराटनगरस्थित रेडप्लस अस्पतालमा आगोले जलेर घाइते भएका एक जना बालककोे निःशुल्क उपचार गरिदिएका थिए । गिरीको पहलमा विराटनगरका आदिलको १८ दिन अस्पतालमा राखेर उपचार गरेपछि डिस्चार्ज भएको थियो । उक्त बालकको उपचारमा लागेको सम्पूर्ण खर्च गिरीले गरिदिएका थिए । त्यसैगरी विराटनगरको ऋषिदेव परिवारका सदस्यहरुलाई पनि जाडोको कपडा गिरीले बितरण गर्दै आएका छन् । उनले असाय र आर्थिक अवस्था नाजुक भएका परिवारहरुलाई खाद्यन्य र लत्ताकपडा वितरण पनि गर्दै आएका छन् ।

यसैगरी गिरीले विराटनगर – ८ अशोकचोक स्थित रहेको मदरसा तालिमुल कुरान मदरसामा रहेका बालवालिकाहरुलाई पनि बिहीबार भोजन गराएका छन् । करिब दुई सय जना बालवाकिाहरुलाई गिरीले भोजन गराएका हुन् । उनले मदरसा निरीक्षणको क्रममा भौतिक संरचना जिर्ण भएकोले निमार्णमा सहयोग गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री दिने बताएका छन् ।

मदरसाको भौतिक संरचनाको अवस्था कमजोर देखिएकोले व्यवस्थित बनाउन सहयोग गर्ने बताए । ‘भौतिक संरचना सुविधा सम्पन्न भयो भने मात्र विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउँछन् । पहिलो आवश्यकता भनेको संरचना हो । त्यसैले मदरसाको संरचना राम्रो बनाउन लागि पर्नेछु,’ उनले मदरसाको निरीक्षण गर्दै भने, ‘मैले सकेको सहयोग गर्नेछु ।’
यता मदरसाका प्रधानाध्यापक अब्दुस सुबानले मदरसाको भवन निमार्णमा सहयोग पु¥याउर्ने कार्यप्रति युवा नेता गिरीलाई धन्यवाद दिए ।

सम्बन्धित समाचार

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण- मंसिरसम्म १ लाख ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमश: कोरोना संक्रमित घट्दै गए पनि मंसिरसम्म १ लाख ९३...

मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन

जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई...

अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...

सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर भए वैज्ञानिक, स्कुलले गर्यो सम्मान

विराटनगर । विराटनगर स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलबाट माध्यमिक शिक्षा एस.एल.सी उत्तीर्ण गरेका एक जना विद्यार्थी वैज्ञानिक भएपछि स्कुलले सम्मान गरेको छ ।सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर गुप्ता युवा वैज्ञानिक भएपछि मंगलबार स्कुल परिसरमा एक...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगितामा पाँच स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा मंगगलबार भएको खेलमा राधाकृष्ण...

औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा...

पूर्वमन्त्री मण्डलद्धारा जहदा गाउँपालिकालाई राहत हस्तान्तरण

विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्