हुस्सु बढेपछि दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै मोरङ ट्राफिक
शनिबार, २३ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको बिशेष पहलमा जाडोको समयमा लाग्ने हुस्सुका कारण हुन सक्ने दुर्घटनामा कमि ल्याउनका लागि स्टिँकर टाँस गर्नुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनमा नम्बर लेख्ने अभियान सुरू गरेको हो ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले अभियान अन्तर्गत बिभिन्न सवारी साधनका चालकहरुलाई भेला पारी दुर्घटना न्यूनिकरणमा चालकले खेल्न सक्ने भूमिका, चालकले अपनाउनुपर्ने सावधानिको बारेमा मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले प्रशिक्षण पनि दिने गरेका छन् ।
दुर्घटना न्यूनीकरणका लागि ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको उनले बताए । ट्राफिक प्रहरी पोष्ट निमुवाबाट रिफ्लेक्टर टास्ने अभियानको सुरूवात भएको छ । निमुवामा हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्ने अभियान तिव्र रुपमा अगाडि बढाएको ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले जानकारी दिए । ‘हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुन्छ,’ असइ आचार्यले भने, ‘टल्किएर परबाटै प्रष्टसँग देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्दा दुर्घटना न्यूनीकरणमा मद्धत पुग्छ ।’ दुर्घटना रोक्न मौसम अनुसार ट्राफिक प्रहरीले विभिन्न उपाय अवलम्बन गर्ने गरेको उनले बताए।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक न्यौपानेले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई आवश्यक प्रशिक्षण दिन थालिएको बताए। ‘गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आग्रह गर्ने गरिएको छ,’ उनले भने, ‘बाटो काट्दा ‘साइड लाइट’को प्रयोगदेखि ट्राफिक नियमको पालनामा विशेष जोड दिएर प्रशिक्षण दिने गरिएको छ ।’ साथै सवारी चेकजाँच तीव्र बनाएर ‘वाइपर’को प्रयोगमा समेत जोड दिने गरिएको उनले बताए ।
विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...
काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल...
विराटनगर । विवादित मेडिकल कलेज सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने चर्को अभिव्यक्ति दिँदै आएका शर्मालाई बिहीबार प्रहरीले...
काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...
काठमाडौं, १७ भदौ-सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी...
विराटनगर, ९ जेठ । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक...
विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...