बुद्धोदय सहकारीको मुनाफा २४ लाख ३७ हजार

 न्यूज विराट
बुद्धोदय सहकारीको मुनाफा २४ लाख ३७ हजार

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९/ ०८० मा २४ लाख ३७ हजार ७ य ७२ रुपैयाँ मुनाफा गरेको छ ।
विराटनगरमा सोमबार भएको सहकारीको १५ औं वार्षिक साधरणसभामा सहकारीले कर पछिको खुद नाफा २४ लाख ३७ हजार ७७२ रुपैयाँ भएको जानकारी गराएको हो ।

सहकारीको आर्थिक प्रतिवेदन अनुसार सहकारीले ऋण कारोबाट १ करोड ७१ लाख ५३ हजार ५३ रुपैयाँ, लगानी आम्दानीबाट ६ लाख १४ हजार १ सय ४४ रुपैयाँ, संचालन आम्दानी १८ लाख ६२ हजार २५२, कर्जा जोखिम कोष फिर्ता ५८ हजार ९२८ रुपैयाँसहित कुल आम्दानी १ करोड ९५ लाख ८१ हजार ७५० रुपैयाँ आम्दानी गरेको लेखा समितिका संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।
सहकारीको शेयर पूँजी २ करोड ३१ लाख १५ हजार ७ सय रुपैयाँ, निक्षेप हिसाव ९ करोड ६६ लाख ९४ हजार ७६१, ऋण लगानी हिसाव ११ करोड १२ लाख ६८ हजार २५, बैंक तथा नगद मौज्जादत २ करोड १० लाख ५४ हजार ५०९ रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ ।
सोही अवसरमा सहकारीले १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । यसैगरी सर्वोकृष्ट बचत कर्ता रजिता घिमिरे र प्रकाश अधिकारीलाई सम्मान गरियो । सर्वोकृष्ट उद्यमी लक्ष्मी देवी पौडेल र पारसमणि आचार्य पुरस्कृत भए ।

सहकारीको नवनिर्वाचित पदाधिकारी, सदस्य र लेखा समिति संयोजक र सदस्यहरुले पनि शपथ ग्रहण गरेका थिए । सहकारीको अध्यक्षमा राजेन्द्रप्रसाद खनाल र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सदस्य समेत सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।


कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीले आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

सम्बन्धित समाचार

बीपी प्रतिष्ठानका उपकुलपति गिरी प्राध्यापक नभएको पुष्टि

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकाले प्रचलित कानुन बमोजिमको...

काँकडभिट्टा नाकामा खटिएका २० सशस्त्र प्रहरीमा कोरोना संकमण

झापा, ९ साउन-पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र २ जनामा...

मोरङ र सुनसरीका बाँतर समुदायका कोरोना संक्रमित परिवारलाई राहत वितरण

विराटनगर, २९ जेठ । मोरङ र सुनसरीका बाँतर(सरदार) समुदायका कोरोना संक्रमित परिवारलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति कटहरीको सहयोगमा कोरोना संक्रमित परिवारलाई स्वास्थ्य सामाग्री, खाद्यान्नसहित राहत वितरण गरिएको...

संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

काठमाडौं, २२ साउन-संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ । प्रवक्ता पाण्डेसहित संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।  सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई...

कास्की कारागारमा १ कैदीको मृत्यु

कास्की कारागारका १ कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी अपराधमा कास्की कारागारमा कैद सजाय मुक्तान गरिरहेका पोखरा महानगरपालिका-१८ सराङकोटका ४५ वर्षीय शुनील नेपालीको शनिबार मृत्यु भएको हो । खाना खाँदा खाँदै अचानक बेहोस भएर...

नेकपा एस परित्याग गर्दै प्रदेश कमिटी सदस्य सहितका १४ जना एमालेमा प्रवेश

विराटनगर । पार्टी विभाजनका क्रममा नेकपा एकिकृत समाजवादी तर्फ लागेका मोरङका नेताहरु आज सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य रविन नगरकोटी सहित चौध जना आज औपचारिक रुपमा...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकाले मूल्य...

नेपालले जित्यो टी-२० शृङ्खलाको उपाधि

काठमाडौं, २१ चैत । दीपेन्द्रसिंह ऐरीकाे उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । टस हारेर पहिलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्