विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसित मात्रै सीप

 न्यूज विराट
विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसित मात्रै सीप

विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित आर्थिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २२ दशमलव ७ प्रतिशत रहेको जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष नेपालबाट हालसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ६ लाख ३० हजार ८७८ जनाले श्रम स्वीकृति लिएका थिए । चौधरीका अनुसार कोशी प्रदेशबाट १ लाख ६८ हजार ३०८ जना वैदेशिक रोजगारमा जाँदा मोरङबाट २९ हजार ६५८ जना गएका छन् । त्यसमध्ये १३ प्रतिशत महिला वैदेशिक रोजगारका लागि विभिन्न मुलुक गएको उहाँले बताउनुभयो ।

चौधरीले विराटनगर महानगरपालिकाको १,४, ५, ६, ९, १४, १६, १७ र १८ नम्बर वडाबाट ४ हजार ६३३ जना वैदेशिक रोजगारमा गएको तथ्यांक प्रस्तुत गर्नुभयो । जसमध्ये ८९ प्रतिशत अदक्ष युवा वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाभित्रबाट गएका युवामध्ये ११ प्रतिशतले मात्रै सीप सिकेर गएको चौधरीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । अन्तरक्रियामा मेयर नागेश कोइरालाले वैदेशिक जाने हरेक युवालाई अनिवार्य रुपमा सीप सिकेर मात्रै जान आग्रह गर्नुभयो । सीप सिकेर जाँदा दुःख कम हुने र पैसा पनि बढी कमाइ हुने उहाँको भनाइ थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, सामी परियोजनाका प्रमुख दीपक राउतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार

रोग लाग्न नदिन जीवन शैली परिवर्तन गरिनुपर्नेमा जोड

विराटनगर । रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बताएका छन् । विराटनगरमा आइतबार भएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणकालागि वहुक्षेत्रिय कार्ययोजना सम्वन्धि कार्याशाला गोष्ठिलाई बोल्दै सहभागि चिकित्सकहरुले यस्तो बताएका हुन् ।...

प्रदेश १ मा आज ४२ जना नयाँ संक्रमित थपिए, १८ जना डिस्चार्ज

विरमटनगर, ४ भदौ-प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २४ सय नजिक पुगेको छ । बिहिबार ४२ जना नयाँसंक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको हो । बिहिबार १३ महिला...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २५ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बृक्षारोपण गरेको छ । विराटनगर–१ बेलगछीयास्थित शिव आधारभूत विद्यालयमा क्लबले बृक्षारोपण गरेको हो ।  रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ की अध्यक्ष कुसुम अग्रवाल नेतृत्वको...

गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार...

खोप लगाउनेको संख्या सरकारको लक्ष्यभन्दा कम, दुई दिन समय थपियो

सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप ४ लाख ३० हजारलाई लगाउने घोषणा गरेको थियो । तर, लक्ष्यअनुसार खोप लगाउनेको संख्या कम देखिएको छ । शनिबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २ सय २६ खोप केन्द्रबाट ३...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

सुनसरी ३(२) बाट एमालेका रामदेव यादव विजयी

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ (२)को प्रदेशसभामा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन । रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका छन भने...

उत्कृष्ट विद्यालय पोखरीयालाई १४ लाखसहित सम्मान

विराटनगर । विराटनगर ३ पोखरीयामा रहेको पोखरीया मावि प्रदेश १ को उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको छ । प्रदेश सरकारले बनाएको ३२ वटा सूचक पुरा गर्दै पोखरीया स्कुल उत्कृष्ट मावि घोषित भएको हो ।उत्कृष्ट मावि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्