नागरिकको क्रियटर्स क्याम्पेन विराटनगरबाट सुरू, शिक्षादीप कलेजमा कार्यक्रम
आइतबार, १० मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल रिपब्लिक मिडियाले उपत्यका बाहिर विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको छ । विराटनगरस्थित शिक्षादीप कलेजमा आइतबार एक कार्यक्रमको आयोजना गरी बाट क्रियटिभ क्याम्पेन सुरू गरेको हो ।
युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल ’ भन्ने नाराकासाथ सुरू गरेको क्याम्पेनमा विराटनगरका विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो । क्याम्पेनको सुरूवाद गर्दै नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले अबको नेपाल कस्तो बनाउने भन्ने बारे युवाहरूबाट आइडिया लिने उद्देश्यले नेपाल रिपब्लिक मिडिया प्रालिले क्याम्पेनको आयोजना गरेको जानकारी दिइन् ।
‘युवाहरूलाई कस्तो नेपाल चाहिन्छ भन्नेबारे युवाहरूबाटै आइडिया लिने उद्देश्यले क्याम्पेनको सुरूवाद गरिएको हो ,’ ज्ञवालीले भनिन्,‘ देश कसरी बनाउने भन्नेबारे आइडिया वा साना भिडियो बनाएर पठाउन विराटनगरका युवा तथा विद्यार्थीहरूलाई आग्रह गर्दछु ।’
आइडिया पठाउँदा १६ देखि २६ वर्ष मुनिका युवा तथा विद्यार्थीहरू सहभागिहुनसक्ने छन् । कार्यक्रममा अनिल केसरी शाहाले परिवर्तनको सुरुवाद आफैंबाट गर्नुपर्ने बताए । उनले अरुजस्तो बन्ने नभई आफ्नो छुट्टे पहिचान बनाउन युवाहरूले कोशिस गर्नुपर्ने बताए । शाहले भने‘अर्काको नक्कल गर्ने नभई आफ्नै क्षमतालाई तिखार्नुपर्छ ।’ देशमा केहि गरेर देखाउने जोश युवामा हुनुपर्ने शाहले बताए । शाहले देश बनाउने अभियानकासाथ नेपाल रिपब्लिक मिडियाले सुरूगरेको देश बनाउने नविनतम आइडिया संकलन कार्यक्रमा सहभागि भई आफ्नो आइडिया पठाउन विद्यार्थीहरूलाई आग्रह गरे ।
शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले नेपालका विद्यार्थीहरूले विदेश जाने मोह त्यागेर देशमै केहि गर्छु भन्ने अठोट लिनुपर्ने बताए । उनले अठोट लिएर काम गरे नेपालमा प्रयाप्त अवसर रहेको बताए । नेपाल रिपब्लिक मिडियाले देश बनाउने आईडिया युवा तथा विद्यार्थीबाट लिने कार्यक्रमको सुरूवाद गर्नु सहनिय कार्य भएको बताए । कार्यक्रममा विराटनगरका शिक्षादिप, मेरिल्याण्ड, हिमालय दर्शन, भानुकलेज लगायतका कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विराटनगर । कोशी प्रदेशमा लाग्ने हरेक महत्सव तथा एक्सपोमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावती किवीबाट बनेको परिकार लिएर पुग्ने गर्छिन् । लावतीको माङपाहाङ लावती कृषि उद्योगबाट बनेको किवीको जुसलगायतको पर्दशन गर्ने...
विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा विधार्थीहरुलाई युवा रोजगार र दुव्र्यसनी सम्वन्धी अन्र्तक्रिया आयोजना गरेको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीको आयोजनामा विराटनगरमा सोमबार युवा विधार्थीहरुलाई युवा रोजगार र...
एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको मागअनुसार अध्यक्ष केपी शर्मा ओली कार्यदल ब्युँताउन सहमत भएपछि त्यसको बैठक बसेको हो । आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा...
काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...
काठमाडौं, ७ असोज । नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...
काठमाडौं, माघ २९ । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ ।केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र आज तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । प्रदेश एक र वाग्मती प्रदेशका...
विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...
इलाम, २२ साउन-इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही १८ साउनमा स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर...