बस्ती जोखिममा हुने गरी अवैध उत्खनन्, धनपालथान गाउँपालिका र प्रशासन मुख दर्शक

 न्यूज विराट
बस्ती जोखिममा हुने गरी अवैध उत्खनन्, धनपालथान गाउँपालिका र  प्रशासन मुख दर्शक

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ मा जथाभावी माटो उत्खननले कदमा र नोचा बस्ती जोखिममा परेको छ । धनपालथान ६ लोहन्द्रा खोला छेउको बस्ती वरपर अवैध रूपमा माटो उत्खनन भएको कारणले बस्ती जोखिममा परेको हो ।

लोहन्द्रा खोला किनारमा स्थानीय सन्तोष यादवले दैनिक जेसीबी प्रयोग गरि टिपरमा अवैध रुपमा माटो उत्खनन गरेको स्थानीयले बताएका छन् । दैनिक २० देखि ३० भन्दा बढी टिपरमा ती सामग्री ओसार्ने गरिन्छ । यादवले खोला किनारको जमिनमा जेसीपी प्रयोग गरेर उत्खनन गरेको कारण पछि बर्खायाममा लोहन्द्रा खोला बस्तीमा पस्ने सम्भावना बढेको स्थानीय बताउँछन् । गाउँपालिकादेखि स्थानीय प्रहरी प्रशासनले उनीहरूलाई अहिलेसम्म कुनै कारबाही गरेको छैन । जथाभावी उत्खननले त्यस क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । बस्ती नै टापु जस्तो हुन थालेको छ । टिपरको धूलो र आवाजले बस्तीमा बस्न समस्या भएको स्थानीयले सुनाए । प्रहरी, प्रशासन र जनप्रतिनिधिलाई रोक्न आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

उत्खनन रोक्न खोज्दा यसमा संलग्न गिरोहले उल्टै बस्तीमा आएर धम्क्याउने गरेको स्थानीयको आरोप छ । वर्षामा खाल्डा खुल्डीमा पानी भरिन्छ र बालबच्चा डुबेर मर्छन् भन्ने पिरले सताएको स्थानीयले बताए । पछिल्लो एक महिनादेखि खाला किनारमा उत्खनन हुदै आएको छ । यसरी जसेबी हुलेर दैनिक सयौं संख्या पिटर माटो अवैध रुपमा लिएर जाँदा पनि यहाँका जनप्रतिधि र प्रहरी समेतले नदेखेझैं गरेको स्थानीयले बताए । सूचना दिँदासमेत कुनै चासो नदेखाएको बरु पक्राउ गरेको सवारी साधान पनि छोडिदिने गरेका छन् ।


माफियाले अवैध रूपमा खोला किनारमा अवैध रुपमा माटो निकासी गर्दा त्यस क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी बढ्दै गएको छ । यहाँ माफियाले विपन्न समुदायका व्यक्तिको जग्गा सस्तोमा खरीद गरेर र लिजमा लिएर त्यहाँबाट उत्खनन गर्दै आएका छन् । दैनिक सयभन्दा बढी टिपरले माटो र भरौट उत्खनन गर्दा खेतीयोग्य जमिन पनि ठुल्ठूला खाल्डाखुल्डीमा परिणत भइसकेको छ । चोरी निकासीले राजस्व संकलन पनि प्रभावित हुने गरेको छ ।

यसरी मापदण्ड बिपरित खोला किनारको जमिन उत्खनन् गरिएको स्थानीयले गुनासो गरेपछि प्रहरीले शुक्रबार माटो खन्ने उपकरण जेसीबी नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी कर्सियाले उपकरण नियन्त्रणमा लिए पनि कारवाही गर्नु पर्ने निकाय पालिकालाई जिम्मा नदिई छाडेको थियो । यसरी गरिएको उत्खनन्ले वर्षायाममा वस्तीमा बाढी पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ ।
लोहान्द्रा खोला पूर्वपट्टि किनारको ३० मिटरभित्रै मेसिन राखेर गहिरो खनेर ट्रिपरबाट माटो अन्यत्र लगिने गरेको पाएपछि स्थानीयले पालिका र प्रहरीलाई जानकारी गराएका थिए ।
पालिकाले यस्ता उपकरण र माटो ओसारपसार गर्ने साधनलाई १५ देखि ३५ हजार रुपैंयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ । तर, जहदामा नियन्त्रणमा लिइएका उपकरण कारवाहीमा नल्याइए छाडिए ।
धानपालथान गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले अवैध रुपमा उत्खनन गरिएको जानकारीपछि अहिले उत्खननमा रोक लगाएको बताए । अवैध उत्खनन भएको क्षेत्रमा आइतबार अनुगमन पनि गर्ने उनले बताए । खोला किनारमा जो सकैले उत्खनन गरेपनि कारवाहीको दायारमा ल्याउने उनको भनाई छ ।

प्रहरीले उपकरण नियन्त्रणमा लिएर छाडेको बारे मोरङका प्रहरीका डिएपी रञ्जनकुमार दाहालले निजी जमिनमा चेनवाला मेसिनले खनेको पाइएपछि उत्खनन् बन्द गराइएको बताए । प्रहरी चौकीसम्म सो उपकरण लैजान नसकिने भएकाले सोही ठाउँमा काम बन्द गराएर छाडिएको उनले बताए ।

सम्बन्धित समाचार

सुदूरपश्चिमकी पाँचौँ कोरोना संक्रमित महिला ३५ दिनपछि डिस्चार्ज

धनगढी, २६ वैशाख-सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनपछि निको भएर घर फर्किएकी छन । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट आज डिस्चार्ज गरिएको छ । ३५ दिनदेखि सेती अस्पतालमा...

प्रदेश २ मा नेपाली काँग्रेसद्वारा ४० लाख रुपैयाँ सहयोग

प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार प्रदान गरेको छ । नेपाली काँग्रेसका प्रदेश नं २ स्थित ८ वटै...

शिक्षकको तलब बढाउन शिक्षक महासंघकाे माग

काठमाडौं, २८ वैशाख-नेपाल शिक्षक महासंघले शिक्षकको तलब बढाउन माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेललाई भेटेर महासंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षकको तलब बढाउन माग गरेको हो । ‘विद्यालयका कर्मचारी र...

प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ३ भदौ-सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न

विराटनगर, २१ असार । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार विषेश समारोहकाबिच वर्ष २०२२–२३ का पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको हो । रोटरी...

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...

डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली र महासचिवमा डाक्टर मिरा आचार्य निर्वाचित

विराटनगर, ५ भदौ । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् । विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी...

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

विराटनगर, २८ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कात्तिक ३० गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्