विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

 न्यूज विराट
विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर सुन–चाँदीका अवैध गहना र सामग्री बिहीबार बरामद गरेको थियो ।

विराटनगर भन्सार कार्यालयमा लगेर तौल लिँदा गहना र सामग्री एक क्वीन्टल बढी रहेको यकिन भएको हो । नेपाल र सशस्त्र प्रहरी, प्रशासन, भन्सार, आन्तरिक राजस्व कार्यालय तथा सुन–चाँदी व्यवसायी संघका प्रतिनिधिलगायतको रहोबरमा नापजोख गर्दा परिणाम यकिन भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए ।

उनका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री एवं गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पुष्टि भएको हो । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । ‘चाँदी तथा सुनबाट तयार गरिएका वस्तु जस्ताको तस्तै तौल लिँदा एक क्वीन्टल बराबरको रहेको छ,’ दाहालले भने, ‘त्यसलाई गालेपछि मात्रै यकिन परिणाम थाहा हुन्छ ।’ गालेर गहना तथा विभिन्न सामग्री बनाउँदा प्रयोग गरिएको रसायन छुट्याएपछि मात्रै चाँदी र सुनको वास्तविक परिणाम पत्ता लाग्ने उनले बताए ।

उनका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्ने छ । गालेर चाँदी र सुनको यकिन परिणाम पत्ता लगाउन राष्ट्र बैंकमा पठाउने प्रक्रिया सुरु भएको जानकारी दाहालले दिए । चाँदी र सुनको मूल्य पनि यकिन भइसकेको छैन । नेपाल सुन–चाँदी व्यवसायी संघले त्यसको मूल्य यकिन गर्ने उनको भनाइ छ ।

भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको सूचनाका आधारमा विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले ज्वेलर्समा छापा हानेको हो । भारतको कोलकाता घर भएका विश्वजीत जानाले सुशीला अधिकारी लुइँटेलको घर भाडामा लिएर ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । ज्वलेर्समा छापा हान्दा ठूलो परिणाममा चाँदी र सुनका गहना एवं त्यसबाट बनाइएका विभिन्न सामग्री बरामद भएको थियो ।

चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोहोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री एवं गरगहना र सुनबाट बनेका मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेससमेतका गहना बरामद भएको भन्सारका सूचना अधिकारी दाहालले बताए । उनका अनुसार ज्वेलर्समा छापा हान्दा बिल बीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको हो । चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथ जानालाई पनि पक्राउ गरिएको जानकारी दाहालले दिए ।

जानालाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीविरुद्ध सुन–चाँदीको अवैध कारोबारमा मुद्दा चलाउने तयारी भइरहेको दाहालले बताए । ज्वेलर्स सञ्चालकविरुद्ध मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकिएको उनको भनाइ छ ।

जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनको ज्वलेर्सबाट सबैभन्दा बढी सुन–चाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो ।

जानाको ज्वेलर्समा छापा हान्नेवित्तिकै विराटनगरका केही ज्वेलर्स सञ्चालकहरु आफ्नो पसल बन्द गरेर भागेको बताइएको छ । ‘पशुपति ज्वलेर्समा छापा हान्नासाथ जानाबाट सबै कुरा खुल्ने भएपछि केही सञ्चालक आफ्नो ज्वेलर्स बन्द गरेर फरार भएका छन्,’ स्रोतले भन्यो, ‘यसले भारतबाट अवैध हिसाबले जानाले ल्याएको सुन–चाँदी विभिन्न ज्वेलर्समा पुग्ने गरेको पुष्टि हुन्छ ।’

सम्बन्धित समाचार

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं, २६ चैत-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय...

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज २ बजे , सानो मन्त्रिमण्डल गठन गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) दुई बजे शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ। आइतबार...

प्रदेश १ का ८ जिल्ला कोरोना मुक्त

विराटनगर, असार १२-प्रदेश नं. १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार मोरङको विराटनगरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।...

आगलागीबाट ६० लाख बढीको क्षति

विराटनगर, २० चैत -ओखलढुङगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ ।बिहीबार शेर्पाको घरमा विद्युत सट भइ आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबर क्षति भएको हो...

विराटनगरमा आज एकैदिन ११९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २५ जेठ-जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी १३९२ नम्बरमा आइतबार साँझ आयोगमा दर्ता भएको हो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको पार्टी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्