सामाजिक सद्भाव कायममा चाडपर्वको भूमिका महत्वपूर्ण

 न्यूज विराट
सामाजिक सद्भाव कायममा चाडपर्वको भूमिका महत्वपूर्ण

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सदभाव कायम अभिवृद्धिको पर्वका रूपमा मनाइनुपर्नेमा जोड दिएका छन् ।

मोरङ व्यापार संघले बिहीबार बडादसैँ, शुभदीपावली, नेपाल संवत् छठलगायत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।

उनले नेपालमा मनाइने सबै चाडपर्वको समान सांस्कृतिक महत्व रहेकाले कुनै पनि चाडपर्वलाई भेदभाव गर्न नहुने उल्लेख गरे । पारिवारिक मिलन र आपसी भाइचारा अभिवृद्धिमा पनि चाडपर्वले भूमिका खेल्ने उनले बताए । दसैँलगायतका चाडपर्वले नेपालीलाई एकता, सामाजिक सदभाव र आपसी भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा पुर्व संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री अमनलाल मोदीले दसैँलगायतका सांस्कृतिक पर्वहरूले आपसी विश्वास, मित्रता र भाइचारा कायम गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले दसैँलगायत चाडपर्वका अवसरमा आपसी सद्भाव, एकता र सुखशान्ति एवम् सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना आदानप्रदान गरे । संघका महासचिव अनिल सारडाले संचालन गरेको उक्त कार्यक्रममा मन्त्री, प्रतिनिधि सभाका सांसद्, प्रदेश सभाका सदस्यलगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

नागरिकता विधेयकको विरोधमा देशभर प्रदर्शन गर्ने जसपाको निर्णय

काठमाडौं, १० असार-नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले देशभर प्रर्दशन गर्ने निर्णय गरेको छ । अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रावधानको विरोध गर्दै जसपाले देशभर प्रदेश गर्ने निर्णय गरेको हो । आज प्रेस...

एकै दिन तीन ५० वर्षीय पुरुषमा कोरोना संक्रमण

आइतबार एकै दिन ३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोरोना संक्रमण देखिएका तीनै जना पुरुष र ५० वर्षीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले बताए । आइतबार...

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

स्वास्थ्य सेवा विभागलाई खारेज गरिने

काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने  घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...

पीसीआर गराउँदा परिचयपत्र अनिवार्य

सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका...

मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन

असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाह्यलाई उपलब्ध गराउने राहत सम्वन्धी मापदण्ड तय भएको छ ।कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले लगाएको लकडाउने पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आर्थिक र राहत प्याकेज  १६ चैतमा घोषणा...

चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना

चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । पूर्वी...

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग, फोनिज मोरङले बुझायो ज्ञापन पत्र

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्