कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने

 न्यूज विराट
कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

कार्कीले मुख्यमन्त्री नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लागेका हुन्। एमालेको समर्थनमा कांग्रेसका कार्की गत शनिबार मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री कार्कीकै दल कांग्रेसले सरकारलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ।

एमालेकै समर्थनमा कार्की मुख्यमन्त्री बनेका र एमाले सरकारमा समेत रहेकाले उसले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेछ। यद्यपि उसले माओवादी र गठबन्धनका अन्य दललाई सरकारमा ल्याए तत्कालै सरकारबाट बाहिरिने बताइसकेको छ ।

तर, विश्वासको मत लिएपछि कांग्रेसलगायतका दलहरूलाई पनि सरकारमा ल्याउने तयारी मुख्यमन्त्री कार्कीको छ। यसरी एमालेसहितका प्रमुख दलहरुले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत सजिलै पाउने देखिन्छ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

मंगलबार साँझसम्मको अवस्थामा ३९ जना सांसद रहेको एमाले, २९ सांसद भएको कांग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेछन्।

यही अवस्था बुधबारसम्म कायम रहे र सबै सांसद उपस्थित रहे मुख्यमन्त्रीले ९३ मध्ये कम्तीमा ८५ मत पाउनेछन्। गठबन्धनमै रहेको जसपाले के गर्ने टुंगो गरिसकेको छैन। ६ सिट भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ।

सम्बन्धित समाचार

१३औँ संस्करणको साफ च्याम्पियनसिप अर्को वर्ष हुने

काठमाडौँ, १६ असार-बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप ९साफ० प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ...

ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा...

एमाले मोरङको अधिवेशन शनिबारबाट, उद्घाटन प्रधानमन्त्री ओली गर्ने

विराटनगर । नेकपा एमाले मोरङको १० औँ मोरङ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।एमाले जिल्ला समितिले बिहीबार पत्रकार...

प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाँले घट्यो

काठमाडौं  । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग...

इप्रका रंगेलीलाई सफलता, एकै दिन १८ फरार अभियुक्त पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।फरार पक्राउ अभियान अन्र्तगत एकै दिन इप्रका रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गरेको हो ।...

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता...

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्