विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

 न्यूज विराट
विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल सुरु भएको छ । दशैको अवसर पारेर विराटनगरमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो ।
स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको फेस्टिबल कात्तिक ४ गतेसम्म संचालन हुनेछ । विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म २५ वटा भन्दा बढी खाना लगायत घरेलु उत्पादनका वस्तुहरु स्टलमा राखिएका छन् ।
मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजनामा फुड फेस्टिवल आयोजना गरिएको हो ।
ट्राफिक चौकदेखी महेन्द्र चौक सम्म दशै भाईब्सको साज सज्जावट गरि आम सर्वसाधरणलाई हिडड्ल हुने गरी स्टलहरु राखिएका छन् । फुड फेस्टिवलमा विशेषगरी पाँचथर मिक्लाजुङ्कको किवीबाट बनेका जुस , वाईन्, अचारहरु समेत उपलब्ध छ । त्यसैगरी अर्घानिक घरमा मुस्ताङ्कको स्याउ , आलु लगायत राजस्थान ढावा , पोर्क सुकेवा , निवारी खाजा लगायत विभिन्न खानाका परिकारहरु राखिएका छन् ।
स्थानीय, स्वदेशी तथा विदेशी खानाका साथै स्थानीय कला संस्कृति, भेषभूषाको प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिबल गरिएको आयोजक संस्थाका निर्देशक जतिन तम्रकारले बताए । फेस्टिवलमा दैनिक दुई हजार पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ । करिब ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
विराटनगर जाऔं, सडकमा खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित फुड फेष्टिवल सुरु भएको हो । फुड फेस्टिवल कार्यक्रम अवधिभर स्थानीय कलाकारहरूको प्रस्तुती समेत रहदै आएको छ । फुड फेस्टिवल अवलोन गर्न आएका उपभोक्ताहरुलाई स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरी थप मनोरञ्जन पनि प्रदान गर्ने आयोजकले बताएको छ ।

सम्बन्धित समाचार

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं...

भारत–चीनबीच सीमा क्षेत्रमा तनाव, सीमा क्षेत्रमा थप सैनिक परिचालन

एजेन्सी, जेठ ८-भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद...

एनसीडिए कोशी प्रदेशको निर्वाचन : धनराज काफ्ले समूहको आक्रमक चुनावी प्रचार

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेको समूहको चुनावी अभियान आक्रमक देखिएको छ । आफ्नो चुनावी प्रतिवद्धता सुनाउँदै अध्यक्षको उम्मेदवार काफ्लेको समूहको अभियान तिव्र...

एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

काठमाडौं, भदौ १ । सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।...

काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...

बाँकेमा पनि १ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो । रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज...

डा. पुनलाई स्पष्टीकरण सोधिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टीकरण नसोधिएको बताएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्