कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी
सोमबार, २९ असोज, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।
सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्। यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ।
मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्। ‘एमालेसहित अन्य दलसँग मुख्यमन्त्रीले छलफलअघि बढाउनु भएको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘सम्भवत आज संसद सचिवालयलाई यसबारे जानकारी गराइनेछ।’
कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ। एमालेका ३९ र विद्रोह काँग्रेसका ८ जना सांसदले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।
विराटनगर । कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् । उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा...
विराटनगर, ६ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले...
विराटनगर, १२ असार । अथर्थमन्त्री जनद्र्धन शर्माले माग सुनुवाई गर्ने आश्वासन दिएपछि विराटनगरका उद्योगीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार विभिन्न तीन संगगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अर्थमन्त्री शर्माले आफुहरुले राखेको मागप्रती ध्यानाकर्षण भएको...
काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...
धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...
चितवन, २६ जेठ-कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । २०७३ मा आरक्षबाट १२ वटा...
विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...
काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता...