मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

 न्यूज विराट
मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो ।

क्लबे विराटनगरस्थित विराट नर्सिङ होम र आर्ट अफ लिभिङको सहयोगमा मानसिक तनाव र चिन्तामुक्त बनाउने विषयमा ‘वर्कशप’ सञ्चालन गरेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

‘वर्कशप’ मा आर्ट अफ लिभिङकी ट्रयाचर राजकुमारी तोदीले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विराट नर्सिङ होमका चिकित्सक, नर्स, कर्मचारी, स्वास्थ्यकर्मी, रोटरीयनहरुलगायत समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतना मुलक अभियानको थलानी गरेको छ । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि...

कटहरीमा कोभिड–१९ सम्बन्धी अभिमुखिकरण

विराटनगर, असार २३–मोरङको कटहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत विराटनगर न्युज मिडिया गु्रप...

परिवारको साथमा लगाए प्रधानमन्त्री देउवाले दसैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका लगाएका छन्। शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । साथमा प्रधानमन्त्रीका...

नेपालमा थप १३८८ जनामा कोरोना पुष्टि, २२६० जना डिस्चार्ज

काठमाडौं, १३ भदौ । नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागि रहने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना – नेपाल ईसीडी इकोसिस्टम विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वविद्यालयले विराटनगरमा बिहीबार पत्रकार सम्मलेन गरी मंसिर २१...

एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती...

आज देशभर ७०७ जनामा कोरोना पुष्टि

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट...

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

इलाम, २२ असार-‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्