उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

 न्यूज विराट
उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

विराटनगर । धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिदै हिडेका आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ। श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । उनलाई प्रहरीले बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले भने उनलाई पक्राउ गर्नुको कारणबारे खुलाएको छैन। जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सामान्य सोधपुछको लागि ल्याइएको हो। ‘यही विषय भन्ने छैन, सामान्य सोधपुछको लागि बोलाइएको हो,’ भण्डारीले भने।

०७४ चैत २५ मा आफ्नै पाखुरामा गोलि हान्न लगाएर आरोपमा पक्राउ समेत परेका थिए। पछि पाँच हजार रुपैयाँ धरौटि रकम बुझाएर रिहा भएका थिए ।

उनले तीनदिनअघि जनकपुरमा आयोजित गौहत्याको विरोधमा आयोजित कार्यक्रममा गाई काट्नेहरूकाविरुद्ध खुकुरी लगेर काट्न भन्दै उत्तेजित भाषण गरेका थिए।

के भनेका थिए श्रीनिवासले जनकपुरमा ?
हिन्दू राष्ट्र र गौहत्याको आन्दोलनमा १० वर्षअघिदेखि लागिरहेको छु। वैदिक सनातन धर्मावलम्बीहरू जिन्दावाद र मुर्दावाद मात्र भनेर हुँदैन, एकजुट हुनुपर्ने भएको छ। हाम्रो गौ मातालाई धरानमा काटिरहेका छन्, भोजपुरमा काटिरहेका छन्। झापामा काटिरहेका छन्। हामी केवल घाममा हिँडेर मात्रै गौमाता बाँच्ने छैनन्।

यदी हामी गुरुहरूले नै हतियार उठाउनुपर्‍यो भने ठिक हुँदैन। हामी अनुरोध गर्छौं, जसले हाम्रो गौमातालाई काट्छ त्यसलाई खुकुरी लिएर गएर काटिदिनुस्। हाम्रो धर्म र शास्त्रले गाई र माई समान रुपले हेर्छ।

हामी गाइ खान्छौं भनेर भन्दा यो देशको गृह प्रशासन मौन छ। के यो देशमा कानुन छर ?

सम्बन्धित समाचार

हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो ।विराटनगरको वैजनाथपुरको क्रिकेट...

नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ । केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि...

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

बीपी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, माग पूरा गर्न सातदिने अल्टिमेटम

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलनरत संयुक्त संघर्ष समितिले आफ्ना माग पूरा गर्न सातदिने अल्टिमेटम दिएको छ । संयुक्त संघर्ष समितिले २३ असारभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको हो । संघर्ष...

एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्दै

काठमाडौं, १३ भदौ । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष...

कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

कोशीमा जलन अस्पताल निमार्णको लागि सम्झौता, ४० करोडको लागतमा एक सय शैय्याको अस्पताल बन्ने

विराटनगर । सुनसरीको इटहरीमा निमार्ण हुने एक सय शैय्याको जलन अस्पतालको लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि प्रदेश सरकार र ट्रष्टबीच जलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्