विराटनगरको तीन स्थानमा ‘जेब्रा क्रसिङ्ग’

 न्यूज विराट
विराटनगरको तीन स्थानमा ‘जेब्रा क्रसिङ्ग’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ्ग’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो ।

ट्राफिक चोकसहित विराटनगरको जलजला चोक र सत्यनारयण स्कुल अगाडीको सडकमा जेब्रा क्रसिङ्ग गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । सडक जेब्रा क्रसिङ्ग खुइलिएर यात्रुहरूलाई बाटो काटन असहज भएपछि सामाजिक संघसंस्थाहरूसँग सहकार्य गरेर जेब्रा क्रसिङ्गमा रंङ लगाएको उनले बताए ।


नेपाल वैश्य सेवा संघ मोरङ र एनएमएसआरए मोरङको सहयोगमा तीन ठाउँमा जेब्रा क्रसिङ्गमा रङ लगाएको हो ।विराटनगरको मुख्य चोकहरुमा सर्वसाधरणको आवतजावत बढी हुने र जेब्रा क्रसिङ्ग नदेखिदा बाटो पार गर्न अत्यन्तै कठिनाइ भएको थियो । सडक विभाग र विराटनगर महानगरपालिकाले बनाउनुपर्ने जेब्रा क्रसिङ सम्बन्धीति निकायले चासो नदेखाएपछि सामाजिक संघसंस्थाको सहयोगमा बनाइदिएको नेपाल वैश्य सेवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साहले बताए ।

कार्यक्रममा संघको उपाध्यक्ष महेश कुमार साह, सचिब सन्तोष साह,कोषाध्यक्ष शिवनारायण गुप्ता,सदस्यहरु अभिषेक कुमार भगत,राजेश भगत,राम प्रसाद साह,प्रमोद कुमार साह, एनएमएसआरए विराटनगरका अध्यक्ष प्रमोद कुमार साह, उपाध्यक्ष रोशन न्यौपाने, सचिव दिपेन्द्र कार्कीलगायतको उपस्थीति रहेको थियो ।

सम्बन्धित समाचार

एमालेले ल्यायाे महाधिवेशनकेन्द्रित विशेष बुलेटिन

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई-बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ एमालेकाे मुखपत्र हो । विशेष बुलेटिनमा पार्टीका शीर्षनेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशनकेन्द्रित गतिविधि समेटेर महाधिवेशन...

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

विराटनगरमा ढाका महोत्सव सुरु, १४ जिल्लाका ३० स्टल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।...

राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण कार्य शुरु

विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय...

प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार क्रियाशिल रहेको बताएका छन् ।नेपाल चिकित्सक संघ कोशी शाखाको बुधबार बेलुका बिराटनगरमा नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन समारोहमा...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण

विराटनगर, २० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आपाङ्गत भएका व्यक्तिहरुका लागि सहायक सामाग्री प्रदान गरेको छ । डाउनटाउनले सीबीआरको सहकार्यमा ४ अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान गरेको हो । सहायक सामाग्री अन्तर्गत...

शेयर बजारलाई प्राथमिकता, कर्जाको सीमा ७० प्रतिशत पुग्यो

काठमाडौं, २ साउन-नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर धिर्तो कर्जाको सीमा ७० प्रतिशत पुर्‍याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकलेशेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएको जानकारी गराएका हुन् ।...

उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

काठमाडौ‌ं, २६ जेठ-उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्