विराटनगर । कोशी प्रदेशबाट २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औं समुहबाट ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु आइतबार दिक्षित भएका हुन् ।
२०७९ साल कार्तिक २० गते देखि संचालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औँ समुहको आधारभूत तालिम पश्चात प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा कोशी प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन ।
दिक्षान्त समारोहमा तालिम केन्द्रका सह– समादेशक प्रहरी नायव उपरीक्षक रबिन बिष्टले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे । उनले तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराए । दिक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले शब्दमा सफद ग्रहण गराए ।
प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा बिभिन्न बिधामा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी जवानहरुहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिआइजी बास्तोलाले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरे ।
दिक्षान्त समारोहमा बोल्दै डिआइजी बास्तोलाले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ नागरिकको सेवामा दत्तचित्त भई लागि पर्न दिर्नेशन दिए । दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गर्दै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताउँदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको बताए । अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको हुँदा समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्न उनले निर्देशन दिए ।
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिने भएको छ ।विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील...
काठमाडौँ, असार ३० । पश्चिम रुकुमको सोती घटना भएको एक वर्ष मात्रै वितेको उक्त घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोल्नुभएको थियो । रुकुमको सोतीमा दलितका कारण...
विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ । एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको...
विराटनगर । संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा परिचित बनेको विराटनगर– ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ ।...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...
भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा...
काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...
विराटनग । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले चार जना पत्रकारलाई सम्मान गरेको छ । संघको २५ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार चार जना पत्रकारहरुलाई सम्मान...