विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ ।
तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका हुन् । डिआइजी पोखरेलले परिचालन गरेको घुमुवा प्रहरी सहायक हवल्दार मनोज कार्कीले बुधबार राति साढे ८ बजे विराटनगरको रोडशेष चोकमा दुई जना महिलालाई निर्घात कुटपिट गरेको आरोप लागेको छ ।
सादा पोशाकमा आएका कार्कीले तस्करी गरेर सामान ल्याएको भन्दै सुनसरीको दुहबी नगरपालिका–१० की नसिरा खातुन र सोनापुरकी फुलेसा खातुनलाई कुटपिट गरेको आरोप छ । नासिराले बिहीबार जोगवनीबाट १० हजार र फुलेसाले ५ हजार मुल्यबरावरको तरकारीहरु खरिद गरेर ल्याएकी थिइन् । स्वदेशी बजारमा भन्दा घरायसी प्रयोजनका लागि तरकारी प्याज, टमाटरलगायत खाद्यवस्तु सस्तो पाइने भएकाले जोगवनी गएर खरिद गरेकी थिइन् ।
विराटनगरको रोडशेष आइपुग्दा सादा पोशाकमा खटिएका सशस्त्रका घुमुवा प्रहरी कार्कीले तस्करी गरेर किन सामान ल्याएको भन्दै कुटपिट गर्दै २० हजार रुपैयाँसमेत प्रहरीले लगेको नासिरा खातुनको आरोप छ । ‘हामीले घरायसी प्रयोजनका लागि तरकारी जोगवनीमा किनेर ल्याएका थियौं, बाटोमा प्रहरीलाई घरायसी प्रयोजनको लागि ल्याएको भनेपछि छोडिदएको थियो, ’ उनले भनिन् । रोडशेष आइपुगेपछि मोटसाइकलमा सादा पोशाकमा प्रहरी आएर ‘किन तस्करी गरेर सामान ल्याएको’ भन्दै कुटपिट पनि गरेर साथमा भएको २० हजार लिएर गएको उनले बताइन् ।
नसिराले भनिन्, ‘मोटसाइकलमा दुई जना प्रहरी आएका थिए । अन डे«समा थिए । अर्को मान्छे चिनिन ।’ महिलामाथि कुटपिट गर्ने कार्की डिआइजी पोखरेलले परिचालन गरेको सादा पोशाकका प्रहरी हुन् । उनले मोरङको सीमाक्षेत्र हेर्दछन् । उनी बोर्डर आउट पोस्ट (बिओपी) रानी गुल्म विराटनगरमा बस्ने गर्दछन् । बिओपीमा बसेर उनी ठूला तस्करी धन्दा चलाउनेसँग साँटगाँठ गर्ने र सर्वसाधरणलाई दुःख दिने गरेको आरोप छ ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले घटनाको विषयमा बुझ्ने काम भइरहेको बताए । ‘मैंले पनि घटना सुनेको छु । घटना विषयमा मोरङका एसपीलाई बुझ्न भनेको छु,’ डिआइजी पोखरेलले भने, ‘घटनाको छानविन गरी दोषी देखिए प्रहरीलाई कारवाही गरिनेछ ।’ सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ थापाले घटनाको विषयमा बुझ्ने काम भइरहेको बताए ।
काठमाडौं, १६ साउन-शुक्रबार देशभर २२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभकार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण देखिएको बताए । योसँगै नेपालमा कोरोना...
डडेल्धुरा, ८ असार-सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका संक्रमित मध्ये...
विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...
काठमाडौं, १८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...
काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...
विराटनगर । विराटनगरमा तेस्रो नेवा : महोत्सव तथा पर्यटन हाट सुरू भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव शुक्रबारबाट सुरू भएको हो...
विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...