मोरङमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान तिव्र, लापसे गरेर सवारी चलाउने ८ जना पक्राउ

 न्यूज विराट
मोरङमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान तिव्र, लापसे गरेर सवारी चलाउने ८ जना पक्राउ

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे ( लागू पदार्थ सेवन ) गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध व्युरोको टोलीले मंगलबार लापसे चेकजाँचको क्रममा ८ जनालाई नियन्त्रणमा लिएको हो ।

लापसे गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरू रहेको मोरङ ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । विराटनगर १६ रानी क्षेत्रमा सवारी चालकहरूले परीक्षण गर्दा ८ जनाले लापसे सेवन गरेको पाइएको उनले बताए ।
सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । लागुऔषध ओसारपसार तथा नियन्त्रणको लागी प्रहरीले चालेको अभियान अन्तर्गत विराटनगर १६ स्थित दक्षिणगेटमा सवारी साधन चलाउनेहरुलाई चेकजाँच गर्ने क्रममा ८ जनाको लापसे पोजेटिभ देखा परेपछि नियन्त्रणमा लिएको न्यौपानेले बताए । यसरी परीक्षणको क्रममा लापेश गरेर सवारी साधन चलाएको पत्ता लगेपछि कारवाहीको दायरामा उने उनले बताए । लापसे सेवन गरेर सवारी चलाउन ८ जनालाई ईलाका प्रहरी कार्यालय रानीमा पठाईएको छ । यस अघि रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।
ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख न्यौपानेले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए ।
तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’
उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको जानकारी उनले बताए । लापशे चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।

किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ । अर्थात रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’

लापसे अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख न्यौपाने, इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक सन्दिप वेल्वासे, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेल र विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम साहले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, १७ जेठ-सरकारी निवास बलुावाटरमा मन्त्रिपरिषद्को बैठक जारी छ । केही बेरअघि सुरू भएको बैठकमा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सर्वोच्चले भन्योः लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी...

माधवको अभियान तुहाउन सक्रिय बने एमालेका नेता

काठमाडौं, जेठ १९ । पार्टी बिरुद्ध निरनतर अभियान नछाडेपछि निश्काशनमा पर्नुभएका एमालेका पूर्वबरिष्ठ नेता माधव नेपालले जसरी प्नि अलग पार्टी बनाएर माओवादीसँग बिलय गराउने योजना बनाएपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन ।...

गृहले ल्यायो क्वारेन्टाइनबाट भागे तत्काल प्रहरीलाई खबर पुग्ने ‘एप’

संक्रमणको सम्भावना भई क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको...

जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...

आकर्षक बन्यो विराटनगर विमानस्थलको प्रवेशद्वारः थ्रीडी एलइडी लाइट जडान

विराटनगर, २० जेठ । विराटनगर विमानस्थलको पुनःनिर्माण गरिएपछि आकर्षक देखिएको छ । विमानस्थल प्रवेशद्वारको पुननिर्माणसम्पन्न भएपछि पहिलेभन्दा आकर्षक देखिएको हो । विराटनगर विमानस्थलको प्रवेशद्वार विराटनगरस्थित थ्रीडी एड्भरटाइजिङले पुनःनिर्माण गरेको हो । यसअघि समान्य प्रवेशद्वार रहेकोमा...

विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिका नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षमा कुल रु.तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्