विराटनगर । नेकपा एमाले संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संविधान र कानुनको हुर्मत लिएर गैरसंवैधानिक रूपमा विश्वासको मत लिएको बताएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले बैठकको सभाअध्यक्ष गरेका इस्राइल अन्सारी समेत मत जोडेर विश्वासको मत लिएपछि दलका नेता कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् । हमत पुर्याउने नाममा संविधान र कानुनको हुर्मत लिने काम गठबन्धनले गरेको उनको भनाई छ ।
‘संविधान र कानुनको हुर्मत लिने काम भयो । यो मुलुकको प्रादेशिक संरचना र संघीयतामाथि आलोचना हुनेछ र उत्कर्षमा पु¥याउने काम सत्तापक्षले ग¥यो,’ उनले भने । संविधान र कानुनको विषयलाई आफू अनुकूल दुषप्रचार गर्ने काम गर्न नहुने उनले बताए । कार्कीले भने, ‘संविधान जोगाउन पनि हामी अदालत जानै प¥यो ।’ सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको उनले बताए । ‘कानून नमान्ने र संसदीय गरिमा नराख्ने काम उहाँहरुबाट भएकै थियो । अब त निर्लज्जताको पनि सीमा रहेन’, कार्की भन्छन् ।
कोशी प्रदेशमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिंदै बुहमत पुर्याउने नाममा संविधान र कानुनको हुर्मत लिने कामलाई सामान्य रूपमा नलिने बताए । उनले उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई विश्वासको मत लिने सम्पूर्ण व्यवस्था मिलाएर स्वास्थ्योपचारका लागि काठमाडौंस्थित गंगालाल हृदय रोग प्रतिष्ठानमा भर्ना भएको अवस्थामा कसैको स्वास्थ्य संवेदनशीलता प्रति प्रश्न उठाउनु उपयुक्त नभएको भन्दै प्रश्न उठाए ।