विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

 न्यूज विराट
विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो ।

उक्त डेंगु उपचार सेवाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे । धरानमा डेंगु प्रकोपको रूपमा फैलिएर अस्पतालमा शैय्या अभाव भएर भुइमा बसेर संक्रमितहरुको उपचार भइरहेको अवस्थामा प्रदेश सरकारले २५ शैय्याको जेनरल बेड संक्रमितको उपचारको लागि ल्याएको मुख्यमन्त्री थापाले बताए । ‘डेंगु संक्रमितले भुईमा सुतेर उपचार गरिनुपर्ने अवस्थामा अब अन्त्य हुनेछ,’ मुख्यमन्त्री थापाले भने, ‘प्रदेश मातहतको अस्पतालमा अब निःशुल्क डेंगुको उपचार सुरू भएको छ ।’ मुख्यमन्त्री थापाले मन्त्रीपरिषदको बैठक बसेर धरानमा १ सय थान स्प्रे मेसिन पनि वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशी स्वाथ्य मन्त्री निर्मला सुब्बाले प्रकोपको रुपमा फैलिएको डेंगु रोकथाम र नियन्त्रणमा प्रदेश सरकार लागि परेको बताए । ‘यसअघि निःशुल्क किट वितरण गरेर प्रकोपको रुपमा फैलिएको धरानमा डेंगु परीक्षण हुने गरेको थियो,’ उनले भनिन्, ‘अहिले डेंगु संक्रमित विरामीको उपचारको लागि २५ शैय्याको उपचार केन्द्र संचालनमा ल्याएका छौं । विरामीको संख्या अनुसार बेड थप हुँदै जानेछ ।’


डेंगो रोक उपचार व्यवस्थापनको लागि संयोजक भरत साहलाई जिम्मेवारी दिएको छ । संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २२ जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । स्वास्थ्य मन्त्रालयले थप ४३ जना जनशक्ति आवश्यक परेको भन्दै प्रदेश सरकारसँग माग गरिएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिब डा. सुधा देवकोटाले जानकारी दिइन् । ‘दरबन्धी स्वीकृत भएर आउने क्रममा रहेको उनले बताइन् । ‘अहिले भएको जनशक्तिबाट डेंगो संक्रमित विरामीको उपचार हुनेछ,’ उनले भनिन्, ‘दरबन्धी थप भएर आएपछि उपचारमा सहज हुनेछ ।’
कोशी प्रदेशमा आइतबारसम्ममा २२ हजार भन्दा बढीमा डेंगो संक्रिमित रहेका छन् । जसमध्ये धरानमा सबैभन्दा बढी संक्रमित रहेका छन् । धरानमा शनिबारसम्ममा १७ हजार ३ सय ८२ जनामा परीक्षण गर्दा १२ हजार ५ सय ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म डेंगो संक्रिमितबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष ६ र महिला पाँच रहेका छन् ।

सम्बन्धित समाचार

२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौं, ११ साउन-नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

निषेधाज्ञाको अवधिमा कर नतिर्नेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १ निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

भारतमा आइतबारको तुलनामा सोमबार कोरोना संक्रमित घटे

एजेन्सी, जेठ १३-भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमित केही कमी देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो...

दार्चुलाको गागामा अब सशस्त्रको गुल्म, यस्तो छ तयारी

दार्चुला, जेठ ३-दार्चुलाको व्यास गाउँपालिका-१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६०...

कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

काठमाडौं, २२ कात्तिक-कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्