पारिवारिक ‘रिसिइबी’मा दाजुभाइ मिलेर झापामा किसानको हत्या

 न्यूज विराट
पारिवारिक ‘रिसिइबी’मा दाजुभाइ मिलेर झापामा किसानको हत्या

विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू दाजुभाइ हुन्।

बिहीबार हत्या गरिएको अवस्थामा सुन्दरीलाल किसानको शव मुनियाटोलस्थित हौलीपैनी कल्भर्ट छेउमा भेटिएको थियो।

मर्निङ वाक गएका स्थानीयले बाटोमा रगत छरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको थियो। घटनास्थल वरिपरि प्रहरीले फलामको रडबाट बनेको खन्ती बाँगिएको अवस्थामा र एक जोर सेतो रंगको चप्पल फेला पारेको थियो।

सुन्दरलाल किसान अघिल्लो रातदेखि फर्किएर नआएको भन्ने सूचना प्रहरीले पाएको थियो। सुन्दरलालकी श्रीमतीलाई प्रहरीले चप्पल देखाउँदा उनकै हो भनेर सनाखत समेत गरेकी थिइन्।

सडक छेउको खेतमा धान रोपिएका थिए। दक्षिणतर्फको खेतमा कसैलाई घिसारेर लगेको जस्तो देखिएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार सडकमा रगतका टाटा, रड, चप्पल भेटिनु र खेतमा कसैलाई घिसारेको जसरी नाली बन्नाले पनि घटना रहस्यमय बन्दै गएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले खेत वरिपरि खोजी गरेको थियो। सुरूवाती स्थानबाट झन्डै ६०० फिट दक्षिण पैनीमा रहेको बुट्यान झाडीमा शव फेला परेको थियो।

झाडीले छोपेर राखेको र शरीरका विभिन्न भागमा गम्भीर चोट भएको अवस्थामा सुन्दरलालको शव फेला परेको थियो।

त्यसपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट संयुक्त टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट पनि तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान अघि बढाएको डिएसपी रिजालले बताए।

प्रहरीले स्थानीय व्यक्तिहरूसँग सोधपुछ र प्राविधिक विश्लेषणको आधारमा अनुसन्धान अघि बढाएको थियो।

कुकुरले स्निफिङ गर्दा सहोदर दाजुभाइ स्थानीय सुनरसी किसान र रामजी किसान त्यहाँबाट भागिसकेका थिए।

तर फेला परेको खन्ती सुनरसी किसानको हुनुपर्ने जानकारी स्थानीयले दिएका थिए। उनीहरूको खोजी गर्दा भारततर्फ भागिसकेको थाहा पाएको डिएसपी रिजालले बताए।

त्यसपछि आफन्त नातागोताहरूसँग समन्वय गरी उनलाई पुनः नेपाल झिकाएर पक्राउ गरेको उनले बताए। मापसे गरी सुन्दरलालले गालीगलौज गरेकाले हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

‘बुधबार राति ८ बजेतिर सुन्दरलालले मापसे गरी एक्लै हिँड्दै हामी बसिरहेको कल्भर्टमा आएर गालीगलौज गरेका थिए। त्यही निहुँमा झगडा परेपछि रडको खन्ती र सिकल प्रहार गरी हत्या गरेका हौं,’ प्रहरीसमक्ष उनीहरूले भनेका छन्।

हत्यापछि उनीहरूले शवको व्यवस्थापन गर्न कल्भर्टबाट दक्षिण तर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर झाडीमा छोपेको पनि बताएका छन्।

प्रहरीको अनुसन्धानबाट उनीहरू र मृतकबीच लामो समयदेखि पारिवारिक रिसिबी समेत थियो। आरोपितहरूले सुन्दरलालको हत्या गर्ने उद्देश्यका साथ ढुकेर बसेको र हत्या गरेको डिएसपी खगेन्द्र रिजाल बताउँछन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार

सिजनमै किसानले मल बीउको अभाव झलेको भन्दै सरकारको ध्यानाकर्षण

विराटनगर, जेठ १५-प्रदेश १ मा  बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार संसद बैठकको शून्य समायमा बोल्ने सांसदहरूले उन्तजातको वीउ र रासायनिक मलको अभाव अन्त्य...

विराटनगरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

विराटनगर । भ्रष्टचारीलाई कारवाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई...

सीमा सुरक्षा कमजोर भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा स्वीकार

 काठमाडौं, २९ वैशाख-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा क्षेत्रमा नेपालको उपस्थिति कमजोर भएको स्वीकार गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतसँग सीमा जोडिएका पश्चिमी नाकामा केही दिनमै बीओपी थप गर्ने प्रतिबद्धता जनाएका छन् । सीमा...

विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ । कुन वडामा कति संक्रमित ? –विराटनगर १ मा ५ जना –विराटनगर २ मा ६ जना –विराटनगर ३ मा १२ जना –विराटनगर ४ मा ३ जना –विराटनगर ५ मा ८ जना –विराटनगर ६ मा ७ जना –विराटनगर ७ मा ४ जना –विराटनगर ८ मा ६ जना –विराटनगर ९ मा ० जना –विराटनगर १० मा २ जना –विराटनगर ११ मा ३ जना –विराटनगर १२ मा ० जना –विराटनगर १३ मा १ जना –विराटनगर १४ मा १ जना –विराटनगर १५ मा १ जना –विराटनगर १६ मा ० जना –विराटनगर १७ मा ० जना –विराटनगर १८ मा ० जना –विराटनगर १९ मा ० जना र वडा नखुलेका तीन जनामा संक्रमण देखिएको जनाइएको छ ।

विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...

धनुषामा गोली प्रहरी गरी युवकको हत्या

धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...

ग्रामथानको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान, आजै राती १० बजेबाट गणना गर्ने तयारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...

विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुँदै, ८ वटा विद्यालयले भाग लिने

विराटनगर । विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो । आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८...

जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउनुपर्नेमा जोड

विराटनगर । जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन आबश्यक नीतिनियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कोशी प्रदेश स्तरीय जनस्वास्थ्य कर्मी मोरङले भेलामा सहभागि जनस्वस्थ्यकर्मीहरुले यस्तो बताएका हुन् । जनस्वास्थ्यकर्मीहरु उत्पादनमा कमी आएको चिन्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्