गोल्डेन हस्पिटलमा संचालकबीचको बिवाद, बाहिरिए लुईटेल

 न्यूज विराट
गोल्डेन हस्पिटलमा संचालकबीचको बिवाद, बाहिरिए लुईटेल

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन हस्पिटलको संचालक गोविन्द लुईटेललाई हस्पिटलले अन्नायपूर्ण तरिकाले हटाएको छ ।

हस्पिटलको संचालक समेत रहेका प्रशासकीय अधिकृत लुईटेललाई हस्पिटलका मुख्य लगानीकर्ता डाक्टर श्याम रौनियाले अन्नायपूर्ण तरिकाले हटाएको उनले बताएका छन् ।

लुईटेल हस्पिटलमा २०६४ सालदेखि आवद्ध रहेका थिए । एक सय शैय्याको गोल्डेन हस्पिटल अगाडी बढाउन लुईटेलको मुख्य हात रहेको थियो । हस्पिटल राम्रो हुँदै गएपछि डाक्टर रौनियार र अर्का संचालक सनातन मण्डलले अन्नायपूर्ण तरिकाले हटाएको लुईटेलको भनाई छ । ‘हस्पिटलमा आवद्ध भएको झण्डै दुई दशक पुरा हुन लागेपछि अहमता देखाएर मलाई अन्नायपूर्ण तरिकाले हटाएको छ,’ उनले भने, ‘अब कानुनी प्रक्रियामा आफु अगाडी बढनेछु ।’

यसअघि डाक्टर संगीता मिश्रा र दिनेश ठाकुरलाई पनि डाक्टर रौनियारले हटाएका थिए । मिश्रा अहिले नेपाल सरकारको १२ औं तहको चिकित्सक रहेकी छिन् भने ठाकुरले अहिले आफै हस्पिटल खोलेर बसेका छन् । ठाकुरले विराटनगर ३ कन्चनबारीस्थित आर्यान्यूरो हस्पिटल खोलेका छन् ।
लुईटेल बाहिरिएसँगै अब हस्पिटललमा रौनियार र मण्डल मात्र संचालक रहेका छन् । डाक्टर रौनियारले यस विषयमा आफुलाई केही थाहा नभएको बताए । ‘मलाई केही थाहा छैन,’ उनले भने, ‘उहाँ लुईटेललाई नै सोध्नुहोला ।’
अर्का संचालक मण्डलले लुईटेल आफै आफ्नो इच्छाले बाहिरिएको बताए । ‘उहाँ आफ्नो हिसाब गरेर आफै जानुभएको हो,’ उनले भने, ‘हामीले हटाएको हैन ।’

सम्बन्धित समाचार

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी-पहिरोको जोखिम उच्च

काठमाडौँ, ७ भदौ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि...

प्रदेश १: कांग्रेस र एमालेको आग्रहपछि प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो । नेपाली कांग्रेस र...

महाराष्ट्रमा कोरोना उपचारमा संलग्न २६ नर्स र तीन डाक्टर संक्रमित

एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा...

बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

चितवन, १७ भदौ-जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आए सँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, १९ साउन-साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित...

खानेकुरा एउटै मस्जिदमा मरे १ हजारभन्दा बढी सेतो परेवा

एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो । लकडाउनका कारण लामो समयसम्म...

बढाएको पैसाँ फिर्ता हुनुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पस विरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी ब्याम्पसले बढाएको रकम फिर्ता हुनुपर्ने काम राख्दै विद्यार्थीले क्याम्पस विरुद्ध मुद्धा दायर गरेका छन् । नँया क्याम्पस प्रमुख आएपछी लागू गरिएकाले पहिलो तिरेको रकम फिर्ताको माग राख्दै महेन्द्र...

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

एजेन्सी, ३ मंसिर-सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजील र अर्जेन्टिना विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको मैदानमा ब्राजिललाई जीत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्