विराटनगरमा मोटरसाइकलमा आएका तीन युवाले यसरी हाने तरबार, एक जना युवा घाइते
सोमबार, २९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । तीन जना युवाले विराटनगरको व्यस्त बजारमा एक जना युवालाई दिनदहाडै तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिममाथि तरबार प्रहार गरेका हुन् ।
तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।
उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । तरबार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भ्याकुलर सर्जरी गरेर जोडिनुपर्ने भएकोले चिकित्सकले नोबेल पढाएको हो ।
हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेन, २२ वर्षीया अमन कुरेसि, विराटनगर ११ जनपथ टोलका २६ वर्षीया कुशल पाण्डे , विराटनगरको सौरचियाका सदाब अन्सारिको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । ‘एउटा मोटसाइकलमा तीन जना चढेर आएका थिए । तीन जना मध्ये मोटसाइकलको बीचमा बसेका समीर हुसेनले तरबार बोकेका थिए । तेही तरबारले मोहमद हलिममाथि लर्डबुद्ध कलेज अगाडी चिया पसलमा प्रहार भयो,’ घटनको प्रत्यक्षदर्शीले भने, ‘तरबार प्रहार गरेर उनीहरु फरार भए ।’
मुस्लिम सामुदायको मोहरम पर्वको भएको बिवादमा लिएर मोहमद हलिममाथि तरवार प्रहार भएको बुझिएको छ । तरवार प्रहार गर्नेहरु फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पप्पु नायकले बताए । ‘घटनामा संलग्नको खोजी कार्य तिव्र बनाएको छ,’ उनले भने ।
विराटनगर । अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ। बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइलन खेल हुँदैछ। प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग...
विराटनगर, चैत २५–मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य सुरु भएको हो । वडा कार्यालय ४ मा आज आयोजित...
इलाम, २ असोज-इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । ५ जनाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि...
काठमाडौं, जेठ ७ । एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि...
विराटनगर । विराटनगर – ११ मा रहेको नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साझ आयोजना गर्ने भएको छ ।‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको...
विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...
विराटनगर, ११ मंसिर–प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिईने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल शुरु भएको छ । सामाजिक...
एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...