कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि भएका पहिचानवादीसँग वार्ता गर्ने : मुख्यमन्त्री थापा
शुक्रबार, २६ साउन, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले यस्तो बताएका हुन् ।
मन्त्रीपरिषदले पूर्णता पाएपछि पहिचानवादीसँग छलफलको लागि बार्ता गरिने उनले बताए । मुख्यमन्त्री थापाले प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताए । जसपालाई सरकारमा सहभागी गराउनका लागि सरकार प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार बनेको हो ।
जसपाकी निर्मला लिम्बू आज मन्त्री बन्दै छिन् । लिम्बूले नामकरणको विषयमा सरकारले ठोस धारणा सार्वजनिक गरेपछि मात्रै सरकारमा सहभागी हुने बताएकी थिइन् ।
उनको आज दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम रहेको मुख्यमन्त्री थापाले बताए । लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने तयारी छ ।
१६ गते मुख्यमन्त्री भएका थापाले भोलि पल्टै कांग्रेसका प्रदीप सुनुवार, माओवादीका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।
नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य भएको थापाको भनाइ रहेको छ ।
विश्वासको मत लिएपछि मात्रै वार्ता टोली बनाउने उनले बताएका छन् । गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरिएको थियो । नामको विरोधमा कोशीमा आन्दोलन चलिरहेको छ ।
विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...
विराटनगर, ४ भदौ–विराटनगर–१४ स्थित को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका...
एजेन्सी, ३१ भदौ-विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनाएको छ । डब्लुएचओका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३ सय ८९ जना कोरोना...
काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...
विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...
जनकपुरधाम, ५ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९,...
महोत्तरी, २२ माघ । नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७–८ फागुन, ९–१० फागुन र ११–१२ फागुनका लागि...
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरुले भारतको सिलगुडीस्थित नर्थ बेङ्गालको साईन्स सेन्टर अवलोकन गरेका छन् । उनीहरुले पढाइमा सिकेको कुरा प्रत्यक्ष रुपमा व्यवहारमा उतार्न कक्षा ११...