विराटनगरमा दर्ता बेगरको मेडिकुइस्ट प्रयोगशालामा शिलबन्दी

 न्यूज विराट
विराटनगरमा दर्ता बेगरको मेडिकुइस्ट प्रयोगशालामा शिलबन्दी

विराटनगर । विराटनगर ७ हस्पिटल चोकमा दर्ता बेगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । दर्ता बेगर संचालनमा आएको मेडिकुईस्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले शिलबन्दी गरेको हो ।

महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बिहीबार गरेको अनुगमनको क्रममा दर्ता बेगर संचालन रहेको पाइएपछि मेडिकुईस्ट ल्याब शिलबन्दी गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

‘महानगरपालिकामा दर्ता बेगर प्रयोगशाला संचालनमा रहेको उजुरी परेको थियो । उजुरीको आधारमा अनुगमन गरेका थियौं । एउटा घरको कोठा भाडामा लिएर ल्याब बिना दर्ता संचालन गरेको पाइयो,’ उनले भने, ‘दर्ता बेगर मनलाग्दी रुपमा विरामीको स्याम्पल झिकेर विभिन्न जाँच गरेको पाइयो ।’ दर्ता बेगर संचालनमा आएको प्रयोगशालाले संकलन गरेको स्याम्पलहरु भारतको जोगवनी पढाउने गरेको पाइएको छ । ‘झापा, मोरङ र धनुषाबाट संकलन गरेको स्याम्पल विराटनगरमा ल्याएर भारत पढाउने गरेको पाएको छ,’ उनले भने । यसरी विभिन्न जिल्लाबाट संकलन गरेको स्याम्पलहरु भारत पढाउँदा यहाँभन्दा सस्तो बढी मुनाफा हुने भएकोले दर्ता बेगारको ल्याबमा उत्ता पढाउने गरेको बुझिएको छ ।


दर्ता बेगरको प्रयोगशाला सुनिल मण्डल र पकज साहको रहेको छ । ‘अहिले प्रयोगशाला शिलबन्दी गरि अनुसन्धान सुरू हुने स्वास्थ्य महाशाखा प्रमुख अलीले भने, ‘थप अनुसन्धानपछि कसुरको अवस्था हेरेर थप कारवाही हुनेछ ।’
प्रयोगशाला संचालनको लागि विराटनगर महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर, विराटनगरको कोशी हस्पिटल अगाडी र हस्पिटल चोकतिर च्याउसरी खुलेको क्लिनीक र प्रयोगशालाहरु नाम मात्रको रहेका छन् । यहाँ रहेका धेरै प्रयोगशालाहरु दर्ता बेगरको रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार

२४ घण्टामा थपिए ३७८ कोरोना संक्रमित, ४९९ जना डिस्चार्ज

काठमाडौं, २४ साउन-शनिबार देशभर ३७८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोेरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो संख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट ११६ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्र्थी भेटिएको मोरङ प्रहरी प्रमुख...

सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७...

भ्रम फैलाउने १७ अनलाइन बन्द

कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको...

पार्टीहरूमा रोग लाग्यो : प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले पार्टीहरुमा रोग लागेको र त्यसको उपचार गर्न समीक्षा जरुरी भएको बताएका छन् ।विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा उनले...

भाडादर नटाँस्ने सार्वजनिक सवारीलाई कारबाही गरिने

काठमाडौं, १५ कात्तिक-महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने भएको छ । हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४ सय २९ वटा सवारी साधनहरूमा...

वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

काठमाडौं, ३ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ । वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै पौडेललाई निगमका कर्मचारीले पछिल्लो डेढ महिनादेखि कार्यालय प्रवेशमा रोक लगाएका...

विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्