राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड

 न्यूज विराट
राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड

विराटनगर । राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड दिएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा विराटनगरमा आइतबार भएको राजनीतिक दलमा लैंगीक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयन अन्तर विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

उनीहरुले राजनैतिक दलमा महिला नेतृत्वको संख्या बढ्नुपर्ने धारणा राख्दै संघ, प्रदेश र स्थानी तहको सरकारमा पनि महिलाको सहभागिता बढाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै पुरुषबादी चिन्तनको कारणले महिलाले अवसर नपाएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश विश्वकर्माले बताए । कोशी प्रदेशको पाँच जिल्लाको ३९ पालिकामा ५९२ महिला जनप्रतिनधीहरुलाई राजनैतिक पहुचमा महिला सशक्तीकरण गर्नको लागि कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक नीलम ढुङ्गेलले जानकारी दिइन् । मोरङको ९ पालिकामा ११४ जना महिला जनप्रतिनधीको क्षमतिा अभिवृद्धी गर्दै महिला सशत्तीकरण कार्यक्रम भइरहेको उनले बताइन् ।


कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष बावुराम कार्कीले महिलाहरुलाई नेतृत्वका लागि आफैं अग्रसर हुन आग्रह गरे । ‘नेतृत्व दिएर मात्र होईन, लिन समेत अग्रसर हुनुपर्छ’ उनले भने, ‘सशक्तिकरणका माधयमबाट क्षमता विकास गरी हरेक क्षेत्रको नेतृत्व सम्हाल्न महिला आफैं अग्रसर हुनुपर्दछ ।’ महिला सशक्तिकरण पहिलो आवश्यकता बताउँदै उनले त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्र कटहरीका अध्यक्ष किशोर कुमार पाण्डले महिला आन्दोलनले एक उचाई प्राप्त गरिसकेको उल्लेख गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले महिला र दलित महिलाहरुको सशक्तिकरणको माध्यमबाट चेतनाको स्तर रुपान्तरण गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यपत्र प्रस्तुत गर्दै दलित महिला केन्द्र नेपालकी उपाध्यक्ष लक्ष्मी परियारले गएको निर्वाचनमा गठबन्धनको कारणले धेरै महिलाहरुले अवसरबाट बन्चित हुनुपरेको बताइन् । राजनैतिक सहभागिता नै महिला पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सशक्तिकरणका लागि राजनैतिक दलहरु अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानीय तहका जनप्रतिनधी र सरोकारवालाहरुको उपस्थती रहेको थियो ।

सम्बन्धित समाचार

मेलम्ची पहिरो अपडेट : बेपत्ता भएका ८ जना मृत भेटिए

काठमाडौं, १९ साउन-सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता भएका सबै ८ जनालाई मृत अवस्थामा फेला पारिएको हो । मृत भेटिएकामा ७ जना नेपाली र १ जना भारतीय...

साैराहामा जम्मा हुँदै एमाले कार्यकर्ता

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...

किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी भेटियो

विराटनगर । विराटनगर – ११ मा रहेको किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको छ । म्याद सकिने मिति दुई दिन बाँकी रहेको पाउरोटीमा ढुसी परेको भेटिएको हो । विराटनगर – ५ चाँदनी...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

विराटनगर, असार १०-विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित आय–व्ययसहितको बजेट ल्याएको छ । महानगरेको छैंटौं नगरसभामा चालु आर्थिक वर्षको तुलनामा २२ प्रतिशत न्यून बजेट...

विराटनगर आउँदै गरेको कार बुढीगंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर, ३१ भदौ । कार दुर्घटनामा परेर मोरङको बेलबारी घर भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीय चन्द्रकला राई रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता...

विराटनगरमा खानेतेलको गिलेनमा लागुऔषध बरामद

विराटनगर, ९ असार । जोगबनीबाट तेलको गिलेनमा लुकाई छिपाई लागुऔषध ओसार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१६ गेटबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो...

भौतिकरुपमै कक्षा १२ को परीक्षा संचालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् संक्रमणको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्