
प्रदेश १ नाम अब कोसी
विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...
विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्ने भएको हो ।
आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । ‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट सबैमाझ देखाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं,’ सञ्चालक कटेलले भनिन् ।
फेसन शो का लागि २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू छनौट गरिएको छ । तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर उनीहरु ¥याम्पमा उत्रनेछन् । रनवेमा गरिने प्रदर्शनीका लागि साउनको पहिलो सातादेखि नै मोडेलहरू अभ्यासमा जुटिरहेका छन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा फेसन शो गर्ने तयारी भइरहेको छ । कार्यक्रमलाई सफल पार्न स्टुडियोका सञ्चालक बनिसाको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै, रोमन कटेलको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, रबिन कटेलको संयोजकत्वमा प्रचारप्रसार समिति, यसु बरालको संयोजकत्वमा अतिथि सत्कार समिति र राजिव रिजालको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।
कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू पनि तनस्काको पहिरन लगाएर प्रदर्शनीमा उत्रने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए । भारतको कोलकतास्थित नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो भएको दावी गरिएको छ ।
विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...
विराटनगर, २६ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक...
विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै...
एजेन्सी, २२ पुस-अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व...
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...
काठमाडौं, ४ असार-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तर्राष्ट्रिय उडान भएका बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा...
सुनसरी, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको ६ जनाको टोलीले बिहीबार प्रतिष्ठानमा...
बैतडी, २५ असोज - दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.