
२४ घण्टामा प्रदेश १ मा १६४ संक्रमित थपिए
विराटनगर, १९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको...
विराटनगर । सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
सख्त घाइते भएका एक जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै एकै गाउँका रहेको बताइएको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर रहेको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारै जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी सख्त घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप चालक भारत दार्जिलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
विराटनगर, १९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको...
काठमाडौं, फागुन ६–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...
काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...
विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव हुने भएको छ । माघ १२ देखि १४ गतेसम्म सडक महोत्सव हुने भएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै सांस्कृतिक कार्यक्रमहरू...
रसुवा, २६ असोज-कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका...
जनकपुर, २८ जेठ-६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक...
विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक...
काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.