सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री र पोषिलो खानेकुरा
शुक्रबार, ०५ साउन, २०८०,
न्यूज विराट
विराटनगर, ५ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित कोशी अस्तालको प्रसुती गृहका सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको क्लबले सो अस्पतालको प्रसुती गृहमै पुगेर सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
सो अवसरमा ४० जना की सुत्केरी महिला र उनीहरुको परिवारलाई आमा र बच्चाको स्वास्थ्यको महत्वका बारेमा समेत बताइएको छ । कोशी अस्पतालकी नर्सिङ विभाग प्रमुख श्वेता उपाध्यायले स्तनपानको महत्वबारे प्रकाश पारेकी थिइन् ।
उक्त अवसरमा प्रसुती ग्रहका सबै नयाँ आमाहरुलाई मेटरनिटी गाउन, शिशुलका लागि कपडा, ब्लैंकेट, हॉर्लिक्स, सेनेटरी प्याड, साबुन, बिस्कुट र फलफूलसमेत प्रदान गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।
कार्यक्रममा क्लबकी सचिव सचिव संगीता सिंघानिया, सर्विस चेयर सरिता गोल्छालगायत क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
एजेन्सी, असार १२-अमेरिकी राष्ट्रपतिका लागि आगामी ३ नोभेम्बरमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन् । ट्रम्प प्रशासन भारतसँग निकै नरम देखिदै आएको छ । तर यो...
काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...
विराटनगर । ६७ औँ सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित जिल्लाभर द्वीप प्रज्वलन गरिएको छ । प्रदेश राजधानी विराटनगरसहित मोरङ सवै स्थानीयतहमा सोमबार साँझ द्वीप प्रज्वलन गरिएको हो । विराटनगरमा सयौँ सहकारी अभियान्ताहरुको सहभागीतामा विराटनगरस्थित जनआन्दोलन चोकमा...
एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको मागअनुसार अध्यक्ष केपी शर्मा ओली कार्यदल ब्युँताउन सहमत भएपछि त्यसको बैठक बसेको हो । आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा...
काठमाडौं, १० साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....
विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा...
मोरङ, २९ जेठ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् । पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुुलेक, कालापानी...
विराटनगर । विराटनगरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सुरु हुने भएको छ । यस वर्षको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता शनिबारदेखि संघीय राजधानी काठमाडौं, कोशी प्रदेशको राजधानी विराटनगर र भैरहवामा हुने भएको हो...