कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

 न्यूज विराट
कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको मुद्दामा बिहीबार महान्यायाधिवक्ताको कार्यालय मार्फत सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको हो ।

कोशी प्रदेश सरकार संविधान र कानुन अनुसार नै गठन भएको भन्दै सर्वोच्च अदालतलाई महान्यायाधिवक्ता कार्यालय मार्फत जवाफ पठाएको बुझिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगले उद्धव थापालाई संविधान र कानुन विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै सो नियुक्ति बदरको माग राख्दै असार २२ गते सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट दायर रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापा, सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख परशुराम खापुंगलाई सरकार गठनका बेला भएको दाबी र समर्थनको सक्कल कागजात सहित लिखित जवाफ पठाउन आदेश दिएको थियो ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासबाट भएको आदेश अनुसार कोशी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुखले सक्कल कागजात र लिखित जवाफ पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

‘संविधानले नै व्यवस्था गरेअनुरूप दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठन गर्न दाबी पेस गरेका हौँ,’ मुख्यमन्त्री थापाले पठाएको पत्रमा उल्लेख छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले पनि अदालतले माग गरे अनुसारको जवाफ समयमै महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पठाइएको बताए ।

उनले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान भएको र सोही प्रावधानलाई टेकेर नै थापाले बहुमत पु¥याएकाले मुख्यमन्त्री नियुक्त गरिएको जवाफ सर्वोच्चमा पठाइएको जानकारी दिए ।
यस्तै सर्वोच्चले माग गरेअनुसार थापालाई मुख्यमन्त्री नियुक्त गर्दा पेस गरिएको प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षरको सक्कल प्रति समेत पठाइएको छ ।

एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जसपा गरी ६० सांसदको समर्थनमा हिक्मत कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जसपाले जेठ १७ र माओवादीले जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अल्पमतमा परेका कार्कीले असार १५ गते विश्वासको मत लिन नसकेपछि उनको सरकार ढलेको थियो ।
कार्कीले विश्वासको मत लिन नसकेपछि कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा गएको थियो ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अन्तरगत आव्हान गरेका थिए । सोही आव्हानका आधारमा नयाँ सरकार गठनको दाबी लिएर नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा प्रदेश प्रमुख समक्ष गएका थिए । उनले पेस गरेको दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदको समर्थन रहेको छ । यस्तै सरकार गठनमा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत पु¥याएर सरकार गठनका लागि गरिएको दाबीका आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गरेपछि असार २२ गते हिक्मत कार्की सर्वोच्च गएका थिए ।
उनले दायर गरेको रिट निवेदनमा सभामुखको समेत गणना गरेर सरकार गठन गरिनु असंवैधानिक भएको जिकिर गरिएको छ । उनले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै असार २७ गते सर्वोच्चले साउन ३ गतेभित्र महान्यायाधिवक्ता÷मुख्य महान्यायाधिवक्ता कार्यालय कोशी प्रदेशमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो ।
यस्तै कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारलाई आदेश दिएको छ । साउन ७ गतेका लागि अर्को पेसी तोकिएको छ ।

सम्बन्धित समाचार

गाईको बाछाे काटेर खाएको आरोपमा ३ जना पक्राउ

झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।...

प्रदेश १ मा सोमबार ४२ संक्रमित थपिए

विराटनगर, २६ साउन–प्रदेश १ मा सोमबार एकै दिन ९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना...

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...

नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...

काेशी प्रदेशमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरिँदै, विपक्षी दलहरूकाे बहिष्कार

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि अध्यादेशबाट ल्याएकाे बजेट सार्वजनिक भईरहेकाे छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन्...

मेरिल्याण्डका रमननाथ गिरीलाई मिस्टर पूर्वाञ्चलको उपाधि

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...

कोशी अस्पतालको स्त्री विभागमा ल्याब्रोसकोपी सर्जरी सुरू

विराटनगर । विराटनगरस्थित कोशी अस्पपतालको स्त्री तथा प्रसूती विभागमा ‘ल्याब्रोसकोपी’ सर्जरी सेवा सुरु भएको छ ।मोरङको २२ वर्षीय एक जना किशोरीको अन्डासयमा भएको सिस्टको ल्याब्रोसकोपी प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूती विभागमा पहिलो पटक...

दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार दिल्लीस्थित 'रोहिणी कोर्ट'को कोर्ट नम्बर एकबाहिर फाइरिङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्