एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी
बुधबार, ०३ साउन, २०८०,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा दुहबीको थर्ड आइ पब्लिक, विराटनगरको बिराट शिक्षा निकेतन, डन बस्को स्कुल, आदर्श मावि र इटहरीको समता स्कुल विजयी भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा थर्ड आई पब्लिक स्कुलले बिनायक बोर्डिङ स्कुललाई ९–० गोलले पराजित ग¥यो । जितको लागि आर्यन राई, सुजन नेपालीले समान २–२ गोल गरे भने सुसान्त चौधरी, अमन माझी, श्याम मलिक, रोजेश राना र रुबिन राईले समान १–१ गोल गरे । पहिलो खेलको म्यान अफ द म्याच सुसान्त चौधरी घोषित भए ।
दोस्रो खेलमा बिराट शिक्षा निकेतन स्कुलले ईडेन स्कुललाई टाइब्रेकरमा ६–५ गोलले निराश बनायो । निर्धातिर समयसम्म १–१ गोलको बरावरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । दोस्रो खेलको म्यान अफ द म्याच विराटका एलिस जन कार्की घोषित भए ।
तेस्रो खेलमा डन बस्को स्कुलले प्यारागन एकेडेमी स्कुललाई ११–० गोलको फराकिलो अन्तरले हरायो । जितको लागि डनबस्को तर्फबाट निकुश खतिवडा दोब्बर ह्याट्रिक गर्दै ७ गोल, आशिष कामतले २ गोल, एलियस हास्दा, तनुज राजबंशीले समान १–१ गोल गरे । म्यान अफ दि म्याच ७ गोल गर्ने निकुश खतिवडा घोषित भए ।
चौथो खेलमा आदर्श माबिले जनता माविलाई ४ – २ गोलले पराजित ग¥यो । जितको लागि आर्दशका राहुल मलिन, हिमेश पौडेल, नवराज चौधरी र रितेश शाहले समान १–१ गोल गरे । जनताको तर्फबाट सबिन माझी र आयुश राजबंसीले गोल फर्काए । म्यान अफ दि म्याच आर्दशका राहुल मलिन घोषित भए ।
बुधबारको अन्तिम पाँचौ खेलमा समता स्कुलले जेम्स ईन्टरनेशन स्कुललाई ५–२ गोलले पराजित ग¥यो । जितको लागि समता स्कुलका मानव ऊराउले ह्याटिर पुरा गरी चार गोल र छिरिङ शेर्पाले १ गोल गरी टिमको जित सुनिश्चत गरे । जेम्सको तर्फबाट समयन भण्डारी र गौरव भट्टराईले गोल फर्काए । खेलको म्यान अफ द म्याच समता स्कुलका छिरिङ शेर्पा घोषित भए ।
सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।
काठमाडौं, १२ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्...
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुललमा अध्ययरत प्रि स्कुल सकेर कक्षा १ मा गएका २६ जना विद्यार्थीहरू दिक्षित भएका छन् । स्कुलले विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी प्रि स्कुल सकेर कक्षा १...
विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गरेर विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लाई चिनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । फुस्याट कलेजले दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...
श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स्थानीयतहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्रीकार्कीले यस्तो बताउनु भएको हो...
काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...
चितवन, २१ साउन-३ वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार...
काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...