विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

 न्यूज विराट
विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो ।

नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा साईकल इभेन्ट आयोजना गरिएको थियो । कार्यक्रममा ६० जना भन्दा बढी साईकल सवार यूवाहरु सहभागि भए । जनआन्दोलन चोकबाट शुरु भएको साईकल सवार सहभागि युवाले धरानरोड राजवंशी चोक,पुष्पलालचोक बाट मेनरोडहुँदै विराटनगर महानगरपालिकाका विभिन्न भागको परिक्रमागर्दै फेरी जनआन्दोलनचोक आईपुगेका थिए ।

सो क्रममा सहभागिले झण्डै १२ किलोमिटर सडकको यात्रा गरेका थिए । यसपटक तेश्रो संस्करणको साईकल परिक्रमा आयोजना गरिएको नेपाली यूवा उद्यमी मञ्चका अध्यक्ष रंजित भगतले जानकारी दिए । उनले विराटनगरमा मात्र नभई एकैसाथ देशभरिनै यसप्रकारको कार्यक्रम आयोजना गरिएको जस्मा झण्डै ४ हजार साईकल सवार यूवाहरु सहभागि भएको बताए ।
ईभेन्टमा सहभागिताकालागि कुनै प्रकारको दर्ता शुल्क नराखिएको तर सहभागिले स्वेच्छा अनुसार उपलब्ध गराएको रकम संकलन गरेर एकमुष्ट भुकम्प प्रभावित टर्की र सिरिया पठाईने अध्यक्ष भगतले जानकारी दिए । कार्यक्रममा आयोजक मञ्च र रोटरी आबद्ध युवाहरुका साथै साईकलिङका शौखिन युवाहरुले सहभागिता जनाएका थिए ।
बितेको बर्ष फागुनमा टर्की र सिरियामा आएको भुईचालोमा परी हजारौं ब्यक्तीको ज्यान गएको थियो भने अर्बौको धनमाल नष्ट भएको थियो ।

सम्बन्धित समाचार

लक्षण पटक्कै नदेखिएका व्यक्तिबाट पनि सर्न सक्छ कोरोना : विज्ञ

काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने...

बृद्धभत्ताको लोभमा एमालेलाई भोट नहाल्नुस्, हामीले २० वर्ष बढी बाँच्ने बनाएका छौँः रामचन्द्र पौडेल

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको लोभमा एमालेलाई मत नदिन आग्रह गरेका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता...

कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा...

ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवककाे मृत्यु

चट्याङ लागेर ताप्लेजुङकाे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकामा...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

स्याङ्जा पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा, ९ असोज-पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्