श्रमिकको पारिश्रमिक बढाउन माग, नबढाए आन्दोलनमा उत्रिने जेटियुसीसीको चेतवनी

 न्यूज विराट
श्रमिकको पारिश्रमिक बढाउन माग, नबढाए आन्दोलनमा उत्रिने जेटियुसीसीको चेतवनी

विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ ।

जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी श्रमिकको न्यूनतम तलब मासिक २५ हजार रुपैयाँ पु¥याउन माग गरेको हो ।

जेटियुसीसी कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराइएको बताए । हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै छ । श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।

‘सरकारले कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार रुपैयाँ तलब दिएको छ । तर यस्तो कहालीलाग्दो मूल्यवृद्धि र महँगीको अवस्थामा पनि श्रमिकलाई भने मासिक १५ हजार रुपैयाँमात्रै दिएर उसको जीवनयापन कसरी हुन्छ भनेर नसोच्नु गम्भीर छ,’ अध्यक्ष धमलाले भने, ‘विशेषतः अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मूल्यवृद्धिको दाँजोमा अव्यवहारिक पारिश्रमिक दिइएको छ । यसरी मुलुकको उत्पादकत्व वृद्धि हुन सक्दैन, न त देशलाई नै समृद्ध बनाउन सकिन्छ ।’

उनले देशका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकमा एकरुपता ल्याउने गरी मासिक पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ निर्धारण गर्न सरकारलाई दवावपूर्णरुपमा आग्रह गरिएको बताए । ‘नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक २÷२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने हुन्छ । यही व्यवस्थाबमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षको आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ,’ उनले भने, ‘हामी सरकारलाई परिस्थिति सुहाउँदो हुने गरी पारिश्रमिक निर्धारण गर्न आग्रह गर्दछौं ।’

श्रमिकहरुको पारिश्रीमक वृद्धी नगरे कोशी प्रदेशमा चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने उनीहरुले चेतवनी समेत दिएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका कोसी प्रदेश अध्यक्ष नारायणबाबु कार्कीले रोजगारदाताहरूले पनि सहज संवादको माध्यमबाट निष्कर्ष दिनुपर्ने बताए। ‘न्यूनतम पारिश्रमिक निर्धारण गर्ने काममा ढिलाइ गर्नु श्रमिकमाथिको अन्याय हो,’ उनले भने, ‘औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिकको पारिश्रमिक अविलम्ब वृद्धि गर्नुपर्छ।’ 

कार्कीले ऐन र कानुनअनुसार मजदुरको पारिश्रमिक वृद्धिको विषयमा सरकार तथा रोजगारदाता उदासिन बनेको बताए। दैनिक ज्याला, पिस रेट, करार तथा ठेक्कामा काम गर्ने श्रमिकका ज्याला र पारिश्रमिक वृद्धि गर्दै स्वरोजगार श्रमिकलाई व्यवसाय गर्न उचित स्थान यथाशीघ्र सुनिश्चित गर्नुपर्ने माग उनको छ। अध्यक्ष कार्कीले श्रम डेक्सको स्थापना, श्रमिक पञ्जीकरण, श्रम आयोगको गठन आफूहरूको मुख्य मुद्दा रहेको जानकारी पनि दिए। 

अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार रायले सम्पूर्ण क्षेत्रको श्रमिकहरुको पारिश्रमिक अविलम्म वृद्धि गरिनुपर्ने बताए । ‘यदी श्रमिकको तलव वृद्धी नगरे आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ उनले भने । जिटियुसीसी कोशी प्रदेशले श्रम डेक्सको स्थापना, श्रमिक पञ्जीकरण, श्रम आयोगको गठनको पनि माग राखेको छ ।

सम्बन्धित समाचार

स्तरोन्नति नभएको भन्दै दक्षिणकालीमा विरोधस्वरूप सडकमै रोपाइँ

काठमाडौं, ८ असार-सरकारले जस्तै स्थानीय तहहरूले समेत विकास बजेट खर्च गर्न सक्दैन । तर, जनता भने विकास भएन भनेर विरोध गर्नुपर्ने बाध्यता छ । सोही क्रममा दक्षिणकाली नगरपालिका-३ का स्थानीयले सडक मर्मत तथा कालोपत्र नभएको...

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० आयोजना हुने, पहिलो कार्यक्रम सोमबार बिराटनगरमा

बैशाख ३, काठमाडौँ । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । बिराटनगरको होटेल इस्टर्न स्टारमा...

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिङ्‍गटन पोस्टको रिपोर्टअनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा...

मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ

काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...

निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

बाँकेका सिडिओले दिएको पास बोकेर काठमाडौं आएकी थिइन् चन्द्रागिरीकी कोरोना संक्रमित

काठमाडौं, ३१ वैशाख-काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेनारायानकी कोरोना संक्रमित महिलालाई जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेको छ । भारत घुमेर नेपालगन्ज हुँदै उपत्यका छिरेकी ति महिलालाई प्रशासनले नै पास दिएर पठाएको खुलेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्