डाक्टर खोज्दाखोज्दै कोशीमा ५५ वर्षीया महिलाले गुमाइन् ज्यान, डाक्टर खरेलको नेतृत्वमा छानविन समिति गठन

 न्यूज विराट
डाक्टर खोज्दाखोज्दै कोशीमा ५५ वर्षीया महिलाले गुमाइन् ज्यान, डाक्टर खरेलको नेतृत्वमा छानविन समिति गठन

विराटनगर  ।  विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको  मृत्यु भएको छ ।

अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ ।

असार २४ गते बिहान पेटमा समस्या भएपछि राजवंशी कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडीको स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरिदिए । गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउ देखेपछि सर्जरी वार्डमा पठाइदिए । सर्जरीका चिकित्सकलाई देखाउन नपाउँदै राजवंशीको ओपिडीको वार्डमा २४ असारमा दिउँसो मृत्यु भयो ।

राजवंशीलाई अस्पताल लिएर आएका छिमेकी देवन्तकुमार राजवंशीले उपचारमा ढिलासुस्ती भएको कारणले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । ‘सुरुमा हामीले आकस्मिक कक्षमा बिरामी लिएर आयौँ, त्यहाँ राम्रोसँग हेरेर विशेषज्ञ चिकित्सक बोलाएर उपचार सुरु गरेको भए बिरामीलाई बचाउन सकिन्थ्यो’ उनले भने, ‘तर, हस्पिटलका स्वास्थ्यकर्मीले एकपछि अर्कोलाई देखाउन लगाउँदा बिरामीले ज्यान गुमाउनु¥यो ।’ यसरी उपचारमा ढिलासुस्ती गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।,

राजवंशीमा लामो समयदेखि पटेको समस्या रहेको थियो । उनको केही समय अगाडि पाठेघरको शल्यक्रिया गरिएको थियो । फेरि पाठेघरको समस्या बल्झिएपछि उनी अस्पताल आएकी थिइन् । थप उपचार गर्न नपाउँदै उनको निधन भएको छ ।

कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झाले घटनाको विषयमा छानबिन समिति गठन गरेको बताए । ‘अस्पतालले छानबिन समिति गठन गरेको छ,’ उनले भने, ‘छानबिन समितिले दिएको प्रतिवेदनको आधार थप प्रक्रिया अगाडि बढाउनेछौँ ।’

डाक्टर खरेलको नेतृत्वमा छानबिन समिति गठन 
घटनाको छानविन गर्न कोशी अस्पतालका पूर्व मेसु डा.यज्ञराज खरेलको नेतृत्वमा तीन सदस्य समिति गठन भएको छ । राजवंशीको मृत्यु भएको घटनाको छानबिन गर्नको लागि अस्पतालले डा.खरेलको नेतृत्वमा समिति गठन गरेको हो ।

अहिले समितिले घटनको छानबिन सुरु गरेको डाक्टर खरेलले बताए । ‘प्रारम्भिक चरणको छानबिनले राजवंशीको सेप्सीसको कारणले मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘यो प्रारम्भिक अनुमान हो । गाइनोमा बिरामी पठाउने क्रममा बिरामीको मृत्यु भएको छ ।’

आकस्मिक कक्षका स्वास्थ्यकर्मीको तर्फबाट पनि कमजोरी भएको देखिएको उनले बताए । ‘आकस्मिक कक्षमा आएका बिरामीलाई त्यही औषधी चलाएर विशेषज्ञ चिकित्सकसँग समन्वय गरिनुपर्ने हुन्थ्यो । तर, आकस्मिक कक्षमा आएका बिरामीलाई गाइनो वार्डमा पठाएको देखियो,’ उनले भने, ‘आगामी दिनमा यस्तो गल्ती सच्याउन हामीले सुझाव दिएका छौँ ।’

आकस्मिक कक्षमा आएका बिरामीलाई अन्य वार्डमा पढाउनुपरे एक जना नर्स वा स्वास्थ्यकर्मीलाई सँगै राखेर बिरामीसँग पठाउन सुझाव पनि दिएको उनले बताए ।

सम्बन्धित समाचार

रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो । घर...

दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्ष यताकै खराब : विश्‍व बैंक

काठमाडौं, १० वैशाख-विश्‍व बैंककले दक्षिण एसियाको आर्थिक वृद्धिदर विगत ४० वर्ष यताकै खराब स्थितिमा पुगेको बताएको छ । नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा यस्तो बताएका हुन् ।...

चट्याङ लागेर दुई र एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर, असार ११–प्रदेश–१ मा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । आज बिहानदेखि परेको पानी तथा चट्याङले मोरङको सुनबर्षी नगरपालिकाका एक जना र उदयपुरको त्रियुगा नगरपालिकामा १ जना गरी दुईजनाको मृत्यु भएको प्रहरीले...

प्रदेश २ सरकारको निर्णयः वडा कार्यालयको समन्वयमा घरमै राहत

जनकपुर, ६ बैशाख-कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषदको आज सम्पन्ने बैठकले लक्षित परिवारको...

इनरुवाबाट २५० केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर, २१ माघ । सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने...

नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो । सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने...

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं, ५ असार-गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा बागलुङका १४, कास्कीका ६, स्याङ्जा...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्