
कांग्रेस प्रदेश १ अधिवेशनः १७५२ मत खस्यो, मतगणना भोलि
विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि झण्डै ७ घण्टा ढिलोगरी मतदान सुरु भएको थियो । मतपत्रमा इलामबाट...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।
विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताउनुभयो ।
उहाँले सबैको सामूहिक प्रयास र प्रयत्नबाट मात्रै विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउन सकिने विचार राख्नुभयो । “आफ्नो घर अगाडि सफा राख्ने, समयमै कर तिर्ने, निर्माणका काममा कतै कमीकमजोर भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो,” मेयर कोइरालाले भन्नुभयो, “मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो । म अहिले मेयर छु । म पनि यहींको बासिन्दा हुँ ।”
विराटनगर बनाउन महानगरवासी आ–आफ्नो ठाउँबाट जागरुक हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । पसल र घर अगाडि हरेकले दुईवटा गमला राख्ने हो भने महानगरले परिकल्पना गरेको सुन्दर विराटनगर हुने उहाँको भनाइ थियो । महानगरसित सीमित स्रोत साधनका कारण धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न नसकेको प्रस्ट पार्नुभयो । उहाँले कृष्णप्रसाद मास्केको जस्तै खुल्ला हृयद हुने हो भने विराटनगर बन्न धेरै समय नलाग्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी मणिकुमार अज्र्याल, राजेश मास्केलगायतले मन्दिरको संरचना र सम्वद्र्धमा सहयोग गर्न महानगरसित आग्रह गर्नुभएको थियो । सन्सारीमाई मन्दिर पूर्व निर्मित भवनमा जमरा राख्ने, ज्येष्ठ नागरिक भेटघाट तथा मनोरञ्जन, विवाहलगायतका कार्यमा प्रयोग गरिनेछ ।
विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि झण्डै ७ घण्टा ढिलोगरी मतदान सुरु भएको थियो । मतपत्रमा इलामबाट...
विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ ।ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७...
विराटनगर, १ भदौ । मोरङको बेलबारीमा दुई हप्तादेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोना सङ्क्रमण केही नियन्त्रणमा आएको भन्दै साउन ३१ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको बैठकले २ सातादेखि...
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्तीका विषयमा सर्वाेच्चमा परेको रिटको सुनुवाइ सकिएको छ । बुधबार बहस सकिएको हो । मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...
विराटनगर, २४ साउन–प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोङगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष,...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।कक्ष ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.