मोरङमा सुरू भयो ‘लापसे’ अभियान, खाएर सवारी चलाए मुद्दा चल्ने

 न्यूज विराट
मोरङमा सुरू भयो ‘लापसे’ अभियान, खाएर सवारी चलाए मुद्दा चल्ने

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।
ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे चेकजाँच अभियान सुरू गरेको हो । यो अभियानको औपचारिक रूपमा उद्घाटन मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले आइतबार शुभराम्भ गरे ।


सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर आइतबारदेखि चेकजाँच सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।
चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने उनले बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख श्रेष्ठले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए ।
तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’
उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको जानकारी श्रेष्ठले दिए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।
चेकजाँचका लागि आवश्यक पर्ने किट मोरङ ट्राफिक प्रहरी कार्यालयलाई नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपलब्ध गराएको थियो । थप आवश्यक परेमा प्रदेश सरकार र कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने भएको छ ।


किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ । अर्थात रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’

सवारी चालकले लापसे खाएर सवारी चलाएको पत्ता लागे प्रहरीले मुद्दा चलाउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चेकजाँचबाट कुन लागूऔषध खाए त्यो पनि पत्ता लाग्ने बताएको छ ।

सम्बन्धित समाचार

कांग्रेसलाई प्रचण्डको अपिल- आउनुस्, केपी ओलीविरूद्ध संयुक्त आन्दोलन गरौं

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई अपिल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि संयुक्त आन्दोलनमा उत्रिन कांग्रेसले अपिल गरेका हुन्...

हिज्जे प्रतियोगिताको उपाधि मनोकामना स्कुललाई

विराटनगर । नेशनल प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मनोकामना इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । नेशनल प्याब्सन विराटनगर महानगर कमिटिले विराटनगरमा शनिबार आयोजना गरेको प्रतियोगिताको द्धितीय ग्रिनपीच एकाडेमी र तृतीय अरीहन्त इङ्लिस स्कुल भएको हो ।विद्यार्थीहरुमा...

प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु भेटियो

जनकपुरधाम, पुस ७–जनकपुरको शुक्रबारे बजार नजिकै फेरि आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु कति बेला फेला परेको कुरा खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन्...

कोरोना भाइरसबाट जोगिन ट्रम्पले खान थाले मलेरियाको औषधि

एजेन्सी, जेठ ६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसबाट जोगिनका लागि भन्दै हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न थालेका छन् । हालसम्म वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसका लागि प्रभावकारी नहुने र गम्भीर साइड इफेक्ट हुनसक्ने बताइरहेका बेला...

अन्तर्राष्ट्रिय शृंखला: कतारविरुद्धको अन्तिम टी-२० आज

काठमाडौं । एक खेल अगावै शृंखलाल आफ्नो पक्षमा पारेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल खेल्दै छ । नेपाली समयअनुसार दिउँसो ३: ४५ बजे कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय...

आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने

प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...

विद्युतको पोलबाट ढलेर मजदुरको मृत्यु

डडेल्धुरा, ४ असार-कञ्चनपुरमा विद्युतको पोलबाट लडेर १ मजदुरको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० मा विद्युत् विस्तारका क्रममा पोलबाट लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-९ का २५ वर्षीय रोहित लुहार रहेका...

पाँचथरको मिक्लाजुङकी लावती पुग्छिन् कोशी प्रदेशमा लाग्ने हरेक एक्सपोमा

विराटनगर । कोशी प्रदेशमा लाग्ने हरेक महत्सव तथा एक्सपोमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावती किवीबाट बनेको परिकार लिएर पुग्ने गर्छिन् । लावतीको माङपाहाङ लावती कृषि उद्योगबाट बनेको किवीको जुसलगायतको पर्दशन गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्