कोशी सरकारविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा

 न्यूज विराट
कोशी सरकारविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।

कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

रिटमा एमालेको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा।भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा।सूर्य भण्डारी र बाबुराम दाहालले बहस गर्न भएका छन् । रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।

सम्बन्धित समाचार

प्रदेश १ का उच्च पदाधिकारीसहित विराटनगरमा १८ जनामा कोरोना

विराटनगर, साउन १९–प्रदेश १ का एक उच्च पादधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ घर भएका प्रदेशका एक उच्च पदाधिकारी सहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । उनीसहित उनकी श्रीमती र छोरालाई...

नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

सातै प्रदेशमा ओलम्पियाड्स सेमिनार

काठमाडौं, २४ साउन-विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाड बारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल सेमिनार अन इन्टरनेशनल ओलम्पियाड्सको आयोजना गर्ने भएको...

सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।...

तीन सातामै चालक अनुमतिपत्रका लागि चार लाखले दिए आवेदन

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले ८ कात्तिकदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा...

दुर्घटनामा सव इन्जिनियर खानको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी एक जना सव इन्जिनियरको मृत्यु भएको छ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।हरैँचाबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्