दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)
सोमबार, ११ असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको दिव्य ज्योती अस्पतालमा हालसम्म २५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक देवा यादवले जानकारी दिए । आइतबार मात्र भारतको मालदह घर भएका १८ वर्षीया आबु कमलको दाया आँखाको सफल प्रत्यारोपण गरिएको छ । आँखाको नानी ल्याएर आबुको सफलतापूर्वक प्रत्यारोपण अस्पतालका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. अभिषेक सुवालको टिमले गरेको छ । १० महिना अगाडी आबुको आँखाको अल्सर भएर दाया आँखा नदेख्ने भएका थिए । उनी भारत र नेपालको धेरै आँखा अस्पतालमा गए । उनलाई आँखा निकाल्नुपर्ने सुझाब दिएका थिए । जव उनी दिव्य ज्योती अस्पतालमा डाक्टर सुवाललाई भेटे आँखाको नानी प्रत्यारोपण सफल गरेर गुमेको आँखा अहिले देख्न सक्ने भएका छन् । आँखाको नानी सफल प्रत्यारोपण भएपछि उनको सोमबार हस्पिटलले डिस्चार्ज दिएको छ ।
आँखाको नानी प्रत्यारोपण गराएपछि उनको जीवन उज्यालो भएको छ । अहिले आँखाको प्रत्यारोपण गराएपछि आँखा देख्न सक्ने भएको उनले सुनाए । आँखाको प्रत्यारोपणपछि मैले नयाँ जुनी नै पाए जस्तो भएको उनले बताए । १८ वर्षको उमेरदेखि नै ज्योति कमजोर हुँदै गएपछि उनलाई दैनिक काम गर्न समेत निकै अप्ठ्यारो हुने गरेको थियो । ‘आँखा कमजोर हुँदै गयो । चस्मा लगाए भएन, कन्ट्याक्ट लेन्स पनि हालेँ त्यसले पनि भएन, उनले भने, ‘अस्पताल गएर जचाउँदा आँखाको नानीका कारण समस्या भएको पत्तो लाग्यो । डाक्टरको सल्लाहमा नानी प्रत्यारोपण गरे । अहिले सहज भएको छ ।’
अस्पतालका अनुसार आँखाको प्रकृतिअनुसार १० हजारदेखि ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । अस्पतालमा आँखाको नानी राख्ने बैंक नभएका कारण काठमाडौंबाट नानी ल्याउनुपर्ने बाध्यता छ ।
अस्पतालले आँखाको नानी संकलन मात्रैं गर्दै आएको छ । अप्टिसोल मिडिया र कर्निसोल मिलिया नामक रसायनमा आँखाको कोर्नियालाई सुरक्षित राख्न प्रयोग गरिन्छ ।
अहिले नानी संकलन गरेलगतै नेपाल आँखा बैंकमा पठाइन्छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ ।
कुनै व्यक्तिको मृत्यु भएको ६÷७ घण्टा भित्र आँखाको नानी निकाल्न सके उत्तम हुने चिकित्सकहरु बताउँछन् । तर, १२ घण्टासम्म पनि नानी निकाल्न सकिन्छ । नानी निकालेको एक हप्ताभित्र प्रत्यारोपण गरिसक्नु चिकित्सक डाक्टर सुवालले बताए । ‘आँखा दान भन्ने बित्तिकै धेरैले पूरा आँखाको डल्लो नै फेर्ने भन्ने बुझ्छन, अस्पतालका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. सुवालले भने, ‘ पारदर्शी हुनुपर्नेमा आँखाको नानी त्यसमा कुनै कारणवश दाग भएर अथवा फुलो पर्न गएको खण्डमा आँखा देख्न सकिदैन । त्यस्तो आँखाको नानी प्रत्यारोपणलाई नै आँखा दान भनिन्छ ।’
विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...
कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...
विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...
नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...
विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...
विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा...
जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै...