पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

 न्यूज विराट
पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आइतबार मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो ।

एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह बनाएर मोटिभेसन दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विद्यार्थीलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल खड्काले बताए ।

चर्चित मोटिभेटर डाक्टर नविन कुमार शर्मालाई ल्याएर कलेजले विद्यार्थीहरुलाई मोटिभेसन कार्यक्रम आयोजना गरेका थिए ।

कलेजले विद्यार्थीहरुको लागि समय सापेक्ष तालिम, सेमिनरलगायतका विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । गुणस्तरीय शिक्षा मात्र प्रदान नगरेर कलेजले विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलापहरूमा समेत विशेष जोड दिने गरेको छ ।

सम्बन्धित समाचार

अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ...

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका मण्डल निर्वाचित

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् । एमालेका योगकुमार यादवलाई पराजित गर्दै कांग्रेसका बालेश्वर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित कांग्रेका बालेश्वरले ४ हजार ७१८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका यादवले...

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका...

भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो । प्रमुख...

कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

काठमाडौं, २१ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर...

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी प्रस्तुत, राष्ट्रपतिले दुवैका आधार अध्ययन गर्ने

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर, १९ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुई÷दुई र प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्